नेपाल ज्योतिष परिषद्को छैठौं केन्द्रिय महाधिवेशनमा नेपालका चर्चित ज्योतिष सम्राट डा. पुरुषोत्तम दुबे खुला तर्फ केन्द्रीय सदस्यमा विजयी भएका छन्। काठमाडौँको डिल्लीबजारमा नेपाल सांस्कृतिक संघको सभाहलमा सम्पन्न महाधिवेशनमा दुबेले कडा प्रतिस्पर्धा गर्दै केन्द्रीय सदस्य पदमा जित हासिल गरेका हुन्।
महाधिवेशनमा वीरगञ्जबाट प्रतिनिधित्व गर्ने पार्षदहरू ज्योतिष सुरेन्द्र नाथ तिवारी, ज्योतिष उपेन्द्र चौबे, ज्योतिष लालबाबु शास्त्री, ज्योतिष रतनेश तिवारी लगायत ४९७ जना पार्षदहरूको उपस्थितिमा निर्वाचन सम्पन्न भएको थियो।
नेपाल ज्योतिष परिषद्को इतिहासमा महत्त्वपूर्ण योगदान दिएका डा. लोकराज पौडेलद्वारा स्थापित यस संस्थाको छैठौं महाधिवेशनले देशभरिका ज्योतिषहरुको ठूलो समर्थन पाएको छ।
डा। पुरुषोत्तम दुबे, जो गोल्ड मेडलिस्ट तथा विश्व ज्योतिष महासङ्घ एसियाका उपसभापति पनि हुन्, यसअघि नेपाल ज्योतिष परिषद्को केन्द्रीय उपमहासचिवको रुपमा कार्यरत थिए।
ज्योतिष विज्ञानमा आफ्नो गहिरो अध्ययन र योगदानका कारण डा. दुबेले नेपालभर ुज्योतिष सम्राटुको रुपमा ख्याति कमाएका छन्। महाधिवेशनको क्रममा उनले ज्योतिष शास्त्रलाई संसारलाई मार्गदर्शन गर्ने गहिरो शास्त्रको रुपमा वर्णन गरे। साथै, उनले ज्योतिष र धर्मशास्त्रलाई एक अर्काका परिपूरक भएको बताउँदै, विश्व ज्योतिष महासंघ, दक्षिण एसियाली ज्योतिष महासंघ र नेपाल ज्योतिष परिषद् एकजुट भएर अघि बढेमा कसैले पनि ज्योतिषहरूको हकहितमा हस्तक्षेप गर्न नसक्ने बताए।
महाधिवेशनमा केशव प्रसाद धिताललाई मकवानपुरबाट केन्द्रीय अध्यक्ष पदमा निर्विरोध निर्वाचित गरिएको छ।