Birgunj News24
जिर्ण रंगशालाको मन्त्री चौधरी र जसवालले गरे अनुगमन,   कतार सरकारले स्तरउन्नती गर्ने मन्त्री चौधरीको भनाई 

संघीय सरकारका खेलकुद मन्त्री तेजुलाल चौधरी र मधेश प्रदेश सरकारका खेलकुद मन्त्री प्रमोद जयसवाल सहितको टोलीले आज वीरगन्जको नारायणी रंगशालाको निरीक्षण गरेको छ । 
वीरगंजको धरोहरको रुपमा रहेको नारायणी रंगशालाको अवस्था जिर्ण बनेपछि   रंगशालाको अवस्थाका बारेमा बुझन मन्त्रीको टोली  रंगशालको अवलोकन गरेको हो ।  जीर्ण अवस्थामा रहेको रंगशालागाई व्यवस्थित बनाउन संघीय सरकारसँग सहकार्य गर्न प्रदेश सरकार  तयार रहेको मधेश प्रदेशका खेलकुद मन्त्री प्रमोद जयसवाले बताए ।

नारायणी रंगशाला जिर्ण हुदाँ यहाँ राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरका प्रतियोगिता हुन नसकेको मन्त्री जयसवाले बताए । उनले संघीय सरकार अन्तर्गत रहेको नारायणी रंगशाला प्रदेश सरकारले बजट विनियोजन गर्न सकिरहेको छैन् । अब छिटै प्रदेश सरकारले कानुन बनाएको खेलकुदतर्फ अगाडि बढाउँने मन्त्री जयसवाले बताए ।

मन्त्री चौधरीले खेलकुद संरचनाको अवलोकन तथा निरीक्षणका गर्दै रंगशाला पुनः निमार्ण पहिलो प्राथमिकता साथ काम अगाडि बढाउने बताएका छन् । रंगशालाको स्तरोन्नति गर्नको लागी कतार सरकारले तयार रहेकोले रंगशालाको पुनः निमार्ण दूत गतिमा अघि बढाउने मन्त्री चौधरीले बताए ।

मन्त्री चौधरीले नयाँ योजनाका साथ सरोकारबाला निकायसँग सहकार्य आयोजना गर्न अघि बढ्‌ने प्रतिबद्धता व्यक्त गरे । उनले अनुगमनको क्रममा पुननिमार्णको काम अघि बढेको पाईएको उल्लेख गर्दै आफ्नो कार्यकालमामन्त्री चौधरीले नयाँ योजनाका साथ सरोकारवाला निकायसँग सहकार्य आयोजना गर्न अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे । उनले अनुगमनको क्रममा पुननिमार्णको काम अघि बढेको पाईएको उल्लेख गर्दै आफ्नो कार्यकालमा नवनिमार्णको कामले तिव्रता पाउने बताए। उनले केही समयभित्रै खेलकुदमा परिवर्तन भएको खेलाडीले अनुभव गर्न पाउने बताए ।

रंगशाला पुनःनिर्माण भएपछि मधेश प्रदेशको समृद्धि र विकासका लागि खेलकुदमार्फत पर्यटनको प्रवर्द्धन गर्न सकिने जानकारी दिए । अनुगमनको क्रममा राष्ट्रिय खेलकुद परिषद्का सदस्य मानदेव हजरा, खेलाडीहरुको सहभागिता रहेको थियो।

प्रकाशित मिति: आइतबार, भदौ १६, २०८१  १५:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update