पर्सासहित देशैभरका ५ सय ८७ प्रहरी निरीक्षक इन्स्पेक्टर को एकसाथ सरुवा भएको छ । प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले भदौ १७ गते गरेको निर्णयअनुसार एकैपटक नेपाल प्रहरीका ५८७ जना प्रहरी निरीक्षकको सरुवा गरिएको हो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी निरीक्षक भास्कर खतिवडा पनि सरुवा भएका छन् । खतिवडाको मानव बेचविखन अनुसन्धान ब्यूरो पिलर ४ टर्की, अफ्रिका र अन्यमा सरुवा भएको छ । उनको ठाउँमा सुदुरपश्चिम प्रदेश प्रहरी कार्यालय प्रबन्ध शाखा धनगढी कैलालीबाट लोकराज भट्ट आउने भएका छन् ।
वडा प्रहरी कार्यालय विर्ताका प्रमुख प्रहरी निरीक्षक पुस्कर बोगटीको नेपाल प्रहरी प्रधान कार्यालय प्रशासन विभाग, बजेट शाखा नक्साल काठमाण्डौमा सरुवा भएको छ । उनकोे ठाउँमा जिल्ला प्रहरी परिसर काठमाण्डौ अपराध नियन्त्रण तथा अनुसन्धान शाखाबाट निरोज चौलागाई आउने भएका छन् ।
वडा प्रहरी कार्यालय श्रीपुरका प्रमुख प्रहरी निरीक्षक धर्मजंग थिंगको मानव बेचबिखन अनुसन्धान ब्यूरो पिलर २ मध्य पूर्व, दक्षिण पूर्व र पूर्वी एशियामा सरुवा भएको छ । उनको ठाउँमा प्रहरी बृत्त लैनचौर काठमाण्डौको अपराध नियन्त्रण शाखाबाट श्याम कुमार बस्नेत आउने भएका छन् ।