Birgunj News24
सशस्त्र प्रहरी  बरैनियाद्वारा ४ लाख भन्दा बढीको अवैध सामान बरामद 

सशस्त्र प्रहरी बल, बोर्डर आउट पोस्ट बीओपी  बरैनिया बाराले आइतबार ४ लाखभन्दा बढीको अवैध सामान बरामद गरेको छ।

विशेष सूचनाको आधारमा बीओपी बरैनियाबाट सशस्त्र प्रहरी नायव निरीक्षक सबिन खड्का र सप्रसनि कृष्ण शर्माको नेतृत्वमा खटिएको टोलीले बारा जिल्लाको विश्रामपुर गाउँपालिका वडा नम्बर ३ स्थित छटिया घाटबाट भन्सार छलि भारतबाट नेपाल ल्याउँदै गरेको जुत्ता, लेडिज स्यान्डल, र सुर्ती बरामद गरेको हो।

सशस्त्र प्रहरीले बरामद गरेको सामानको मूल्यांकन ४ लाख १३ हजार रुपैयाँ गरिएको छ। बरामद सामानहरूलाई आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा पठाइएको सशस्त्र प्रहरी बल बाराले जानकारी दिएको छ।

सशस्त्र प्रहरीले सीमा क्षेत्रमा हुने अवैध कारोबारलाई रोकथाम गर्न जारी गरेका अभियानहरूलाई अझ कडाइका साथ अघि बढाउने जनाएको छ। यस किसिमको सफलताले अवैध सामानको ओसारपसारमा संलग्न गिरोहहरूलाई निरुत्साहित गर्ने अपेक्षा गरिएको छ।

प्रकाशित मिति: मंगलबार, भदौ १८, २०८१  ११:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update