नेकपा एमालेका सांसद प्रभुु हजराले पोखरीया नगरपालिकाको लागी सहमती भएको ईलाका प्रसाशन कार्यालय र सेवा केन्द्रको काम यथाशिघ्र अगाडी बढाउन माँग गरेका छन ।
सांसद हजराले मंगलवार संदनमा शुन्य समयमा बोल्दै सो माँग गरेका हुन ।
सांसद हजराले पोखरीया नगरपालिकामा ईलाका प्रसाशन कार्यालय र सेवा केन्द्र स्थापनाको लागी धेरै दिन अगाडी देखि नै ७ वटा पालिकाले संयुक्त सहमति दिएको हुँदा पनि सो काममा अबिलम्ब भएको भन्दै यथाशिघ्र काम अगाडी बढाउन गृह मन्त्री र भुमि सुधार मन्त्रीको ध्यानकर्षण गराएका छन ।
नेकपा एमालेका केन्द्रिय सदस्य समेत रहेका सांसद हजराले यतायात कार्यालय वीरगंजमा महिनौं देखि बन्द रहेको सवारी अनुमतीपत्र वितरण कार्यले गर्दा ग्राहकहरुलाई दुख भोग्नु परेको हुनाले तत्काल प्रदेश सरकारलाई निर्देशन दिएर काम सुरु गराउन सभाुख मार्फत केन्द्रिय यतायात मन्त्रीको ध्यानकर्षण समेत गराएका छन ।