नेशनल मेडिकल क्लेज वीरगंजमा अध्ययनरत एमबिबिएसका बिधार्थीहरु बिच बुधबार पैथोलोजी बिषयमा क्विज प्रतियोगिता सम्पन्न भएको छ ।
नेशनल मेडिकल क्लेजका एकडेमिक निर्देशक नुशरत जहाँ अंसारीको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै एकडेमिक निर्देशक जहाँले यो कार्यक्रमको पहिलो शुरुवात हो । अगामी दिनमा पनि यस्तो कार्यक्रम लाई निरन्तरता दिने जानकारी गराउनु भयो । कार्यक्रमम बिशिष्ठ अतिथि अस्पतालका निर्देशक इशरत जहाँ अंसारी, एडमिशन निर्देशक आबिद हुसेन अंसारी, प्रो.डा.के.एन.सिहँ, प्रो.डा.ए.के कोसी, प्रध्यापक डा.रबी शंकर,प्रध्यापक डा.सरोज देव, नर्सिङ्ग प्रध्यापक बबिता सिहँ, प्रो.डा.ए.एन.ठाकुर लगायत बिधार्थी,डाक्टर तथा सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो ।
प्रतियागितामा २० समूह गरी ४० जना सहभागी रहेका थिए । जसमध्य ६ समूह बीच फाइनल राउन्ड सम्पन्न भएको थियो । फाइनल राउन्डमा ३ समूह बिजेता भएको थियो ।
प्रथम बिजेता बिशाल गोवाली र अभिषेक कोईराला दोस्रो बिजेता ईशा शर्मा र आरुषा मैनाली र तेस्रो बिजेता सागर कोइराला र अंशु लामिछाने रहेका थिए ।