Birgunj News24
छत्रपति शिवाजी महाराजको प्रतिमा ढलेपछि मूर्तिकार  जयदीप आप्टे पक्राउ

भारत महाराष्ट्रमा निर्मित छत्रपति शिवाजी महाराजको प्रतिमा ढलेपछि प्रतिमा बनाउने व्यक्ति पक्राउ परेका छन् ।

भारको सरकारी समाचार एजेन्सी पीटीआईका अनुसार सिन्धुदुर्ग प्रहरीले मूर्तिकार जयदीप आप्टेलाई पक्राउ गरेको हो । उनलाई विहीबार नै अदालत पेश गर्ने तयारी छ ।
भारत महाराष्ट्रको सिन्धुदुर्ग जिल्लामा पर्ने राजकोट गढीमा नौ महिना अघि मात्र स्थापित छत्रपति शिवाजी महाराजको ३५ फिट अग्लो प्रतिमा हावाका कारण ढलेर टुक्राटुक्रा भएको थियो । उक्त प्रतिमाको अनावरण प्रधानमन्त्री नरेन्द्र मोदीले सन् २०२३ को डिसेम्बर ४ मा गरेका थिए । आलोचकले प्रतिमाको गुणस्तर र प्रतिमा अनावरण गर्ने सरकारको हतारोमा प्रश्न उठाउँदै आएका थिए ।

त्यसपछि प्रधानमन्त्री मोदी, महाराष्ट्रका मुख्यमन्त्री एकनाथ सिन्धे, उपमुख्यमन्त्री अजित पवार लगायतले माफी मागेका थिए । यद्यपि विपक्षीले सरकारविरुद्ध विरोध प्रदर्शन जारी राखेका थिए ।

प्रकाशित मिति: बिहीबार, भदौ २०, २०८१  १६:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update