मानव बेचबिखन तथा ओसारपसार विरुद्धको १८ औं राष्ट्रिय दिवसको अवसरमा वीरगञ्ज महानगरपालिका वडा नम्बर ११, मुर्ली चौकमा बिहीबार एक सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ। सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र श्रीपुर मुर्ली, पर्साको आयोजनामा कार्यक्रम गरिएको हो।
सचेतनामूलक कार्यक्रम अन्तर्गत पैदल यात्री र साइकल चालकहरूलाई मानव बेचबिखनविरुद्धको पर्चा र पम्पलेट वितरण गरिएको थियो। सामुदायिक सेवा केन्द्र मुर्ली श्रीपुरका वरिष्ठ उपाध्यक्ष जयलाल साह कानुले उक्त जानकारी दिएका हुन्।
कार्यक्रममा सामुदायिक सेवा केन्द्र मुर्ली श्रीपुरका अध्यक्ष राम सर्राफ, सचिव कुल नारायण प्रधान ९दिलिप०, सामुदायिक प्रहरी सेवा केन्द्र श्रीपुर मुर्लीका प्रहरी हवल्दार सुभाष प्रसाद यादव, प्रहरी सहायक हवल्दार लालु माया महतो, र प्रहरी जवान राजु चौरसियालगायतको उपस्थिति रहेको थियो।
यस वर्षको दिवसको नारा ूतीनै तहका सरकारको प्रतिवद्धतास् मानव बेचबिखनविरुद्ध सबैको ऐक्यबद्धताू रहेको छ। सन् २००२ मा काठमाडौंमा सम्पन्न सार्कको ११ औं शिखर सम्मेलनबाट पारित महिला तथा बालबालिका बेचबिखनविरुद्धको महासन्धि २०६३ भदौ २० गते तत्कालीन प्रतिनिधिसभाबाट अनुमोदन गरिएको थियो। यसै दिनको सम्झनामा हरेक वर्ष यो दिवस मनाइँदै आएको हो।