Birgunj News24
महाविर पुन वीरगन्जमा , करिब १० दिन बसेर जिवनकथा बिक्री गर्ने योजना ।

लालबाबु सिंह २० भदौ वीरगन्ज । वीरगन्जको कृषि औजार कारखाना सन्चालन को जिम्मा लिएका राष्ट्रिय अविष्कार केन्द्रक प्रमुख महाविर पुन आज वीरगन्ज आइपुगेका छन । कारखाना संचालकन हेतु आवश्यक रकम को जोहो गर्न आफ्नो जिवनकथा देश भरी बिक्रि गर्ने क्रममा बिहिबार वीरगन्ज आइपुगेका बैज्ञानिक पुन एकाबिहानै घण्टाघर अगाडि रामजन्म तिवारीको शालिक अगाडि किताब बेच्दै हुनुहुन्थ्यो ।
 देशको कर्णाली प्रदेश ,सुदुरपश्चिम ,गण्डकी ,बागमती प्रदेश का ३४ जिल्लामा किताब बेचिसकेर पुन मधेश प्रदेशको बारा को सिमरा पछि पर्सा जिल्लाको वीरगन्जमा आइपुगेको अहिले सम्म १ लाख ३० हजार भन्दा बढि किताब बिक्री भैसकेको बताउनु भयो । वीरगन्ज कृषि औजार कारखाना संचालन को लागि नै यो अभियानमा होमिएकोले सम्पूर्ण वीरगन्ज वासिले यसलाइ हृदय देखि मनन गरि किताब किनेर सहयोग गर्न बिशेष आग्रह गर्दै आफुले  खास गरि विद्यार्थी ,युवाहरु लाई जिवनमा समस्याहरु संग लडन , अगाडि बढन शक्ति सामर्थ्य प्रेरणा पाओस भनी लक्ष्य लियेर यो किताब लेखेकोले सम्पुर्ण विद्यार्थी ,युवाहरु माझ यो किताब पुर्याइदिन आग्रह गरे ।
 वीरगन्जमा जब सम्म किताब बिक्रि हुन्छ हामी बस्छौ र त्यसपछि मधेशका प्रत्येक जिल्लाका सबै नगरपालिका , गाउपालिका हुँदै कोशी प्रदेश तिर लाग्ने योजना रहेको पुनले बताउनु भयो ।

प्रकाशित मिति: बिहीबार, भदौ २०, २०८१  २३:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update