उपराष्ट्रपति रामसहायप्रसाद यादवले मौलिक संस्कृति र संस्कारको परिधिभित्रै रहेर पर्व मनाउन आवश्यक रहेको बताएका छन्।
विशेषगरी पहाडी समुदायले मनाउने तीज र मधेशी समुदायको चौरचन पर्वको अवसरमा शुभकामना दिँदै उपराष्ट्रपति यादवले नेपाली समाजमा मनाइने विभिन्न पर्व–त्योहार, संस्कार–संस्कृति एवं परम्परा–रीतिरिवाजले एकता, सद्भाव र सहिष्णुता कायम गर्न महत्त्वपूर्ण भूमिका खेलेको बताएका छन्
चारैतिर हरियाली र प्रकृति नै रमणीय देखिने समयमा मनाइने तीज अत्यन्तै उमङ्ग, उल्लास, आनन्द, प्रेम र मिलनको भाव एवं सन्देश लिएर आउने उनले उल्लेख गरेका छन्।
उपराष्ट्रपति यादवले चौरचन पर्वले परिवार र समाजमा आपसी भाइचारा, अपनत्वभाव र प्रेमभाव अभिवृद्धि गर्न सघाउने तथा श्रद्धालुलाई शारीरिक र मानसिक कष्टबाट मुक्ति प्राप्त हुने बताएका छन्।