रोट्रयाक्ट क्लब अफ वीरगञ्ज मेट्रोपोलिसले वातावरण संरक्षण र हरियाली प्रवर्द्धनका लागि नारायणी अस्पताल परिसरमा वृक्षरोपण कार्यक्रम आयोजना गरेको छ । क्लबका अध्यक्ष दिपु वर्णवालको नेतृत्वमा सम्पन्न कार्यक्रममा विभिन्न प्रजातिका ५० वटा बिरुवा रोपिएको हो । गुलमोहर, अशोक, आँप लगायतका फलफूलका बिरुवाहरु रोपिएको हो ।
वर्णवालका अनुसार, “वातावरण संरक्षण र स्वच्छ हावा प्राप्तिका लागि वृक्षरोपण जस्तो अभियान अत्यन्तै महत्त्वपूर्ण छ । अस्पतालको वातावरणलाई पनि हराभरा बनाउन यसले मद्दत गर्नेछ। हामीले नारायणी अस्पतालको परिसरमा बिरुवा रोपेर बिरामीलाई स्वच्छ वातावरण दिन सक्ने आशा गरेका छौँ ।”
कार्यक्रममा क्लबका पूर्व अध्यक्ष रबिन श्रेष्ठ, सर्विस प्रोजेक्ट चेयर नकुल गुप्ता, प्रेसिडेंट नोमिनी रोहित गुप्ता, उपाध्यक्ष रामविनय यादव, सचिव आनन्द साह, सह–सचिव अंजली गर्ग, र क्लबका अन्य सदस्यहरु उपस्थित थिए ।
वृक्षरोपण कार्यक्रमले वातावरणप्रति क्लबको प्रतिबद्धता र सामुदायिक सेवामा क्लबले खेलिरहेको भूमिका प्रस्ट पारेको छ ।