वीरगन्जमा पानीको संकट समाधानका लागि मन्त्रालयले ठोस योजना बनाइरहेको छ स् मन्त्री यादव
संघीय सरकारका खानेपानी मन्त्री प्रदीप यादवले वीरगन्ज र आसपासका क्षेत्रमा देखिएको खानेपानीको संकट समाधानका लागि विशेष प्राथमिकता दिएको बताएका छन् ।
आइतबार जनता समाजवादी पार्टी ९जसपा० ले आइतबार वीरगन्ज महानगरपालिका वडा नम्बर १६ नगवामा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा खानेमन्त्री यादवले पानीको समस्याको दीर्घकालीन समाधानका लागि मन्त्रालयबाट आफूले प्राथमिकताका साथ ठोस योजना अघि सारेको बताए ।
मन्त्री यादवले भने, “पानीको समस्याले जनतालाई निकै दुःख दिइरहेको छ, र म यो विषयमा गम्भीर छु । मन्त्रालयले यसलाई दीर्घकालीन रूपमा समाधान गर्न ठोस योजनाहरू तयार गरिरहेको छ । हामीले यसमा विशेष ध्यान केन्द्रित गरेका छौँ र शीघ्र समाधानको प्रतिबद्धता लिएका छौँ ।” उनले जनताको आशा र अपेक्षालाई सम्बोधन गर्न आगामी दिनमा थप प्रभावकारी योजनाहरू अघि बढाइने जानकारी समेत दिए ।
जसपाका उपमहासचिव समेत रहेका मन्त्री यादवले पार्टीको नीतिगत रूपमा जनताको सेवा र कल्याणका कार्यमा आफू निरन्तर सक्रिय रहेको बताए।जसपाले आगामी चुनावमा जनताको समर्थन पाउन सक्ने गरी संगठनलाई सुदृढ बनाइने उनले बताए।उनले भने, “हामी पार्टीको संगठनलाई बलियो बनाउँदै जनतासँगको संवादलाई अझ सशक्त बनाउँदै छौँ । जसपा जनताका हकहितको मुद्दामा निरन्तर क्रियाशील रहन्छ,” ।
कार्यक्रममा वीरगन्ज महानगरपालिकाका मेयर तथा जसपाका केन्द्रिय सदस्य राजेशमान सिंहले स्थानीय विकास र जनसेवामा आफ्नो पूर्ण समर्पण रहेको बताए। उनले भने, “वीरगन्जको समृद्धि र विकासको लागि म र मेरो टिम निरन्तर क्रियाशील छौँ । जनताको समस्या हाम्रो पहिलो प्राथमिकता हो र हामी तिनको समाधानमा तदारुकता देखाइरहेका छौँ ।”
मेयर सिंहले कार्यक्रममा उपस्थित कार्यकर्तालाई पार्टीको साझा उद्देश्यलाई साकार बनाउन एकतामा बाँध्न आग्रह गर्दै जनताका आवश्यकतामा केन्द्रित भएर काम गर्नुपर्नेमा जोड दिए। उनले भने,“पार्टीको बलियो संगठन र जनतासँगको सहकार्यले मात्र विकास सम्भव छ,” उहाँले थप्नुभयो ।
कार्यक्रममा जसपाका वीरगन्ज महानगर समितिका सचिव फरिद आलम, जिल्ला सदस्य लालदेव यादव, वडा इकाइ समितिका अध्यक्ष अरुण यादव, सचिव श्यामसुन्दर चौरसिया, माजिद मियाँ, मुस्तफा आलम, कलिम मियाँ, प्रभु चौरसिया, सम्सुल हक मियाँ, आशिक आलमलगायतका सहभागीता थियो ।