सशस्त्र प्रहरी बल नेपाल पर्साले ६ लाख मुल्य बराबरको भन्सार छलीका २७ डिब्बा काजु, ६ बोरा मरीच सहित एक जनालाई पक्राउ गरेको छ । सशस्त्र प्रहरीका नायब उपरीक्षक सुरज रिजालको नेतृत्वमा खटिएको टोलीले सो समान सहित एक जना ब्यक्तीलाई पक्राउ गरेको हो ।
आईतवार बिशेष सुचनाको अधारमा सशस्त्र प्रहरी बल प्रास्तावीत सीमा सुरक्षा गुल्म वीरगंजबाट खटिईएको टोेलीले वीरगञ्ज महानगरपालिका–१०, आदर्शनगरबाट घण्टाघर तर्फ जाँदै गरेको अवस्थामा ना २ ह ५९६ नम्बरको टेम्पु संकास्पद रहेको भन्दै चेकजाँच गर्ने क्रममा प्रहरीले भन्सार छलीका ६लाख ४५ हजार बराबरको २७ डिब्बा काजु, ६ बोरा मरीच बरामद गरेको थियो ।
प्रहरीले बरामद गरेको समान सहित टेम्पुको अुमानीत मुल्य ३ लाख मुल्यांकन गरि चालक बाराको बिश्रामपुर गाउँपालिका–२, बरैनिया निवासी २५ वर्षीय बिनोद कुश्वाहालाई आवश्यक अनुसन्धानको लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाईएको सशस्त्र प्रहरीका प्रवक्ता देवेन्द्र सिंहले जानकारी दिएका छन ।
अवैध कारोवार तथा तस्करी नियन्त्रणमा सशस्त्र प्रहरीको सक्रियताले तस्करहरु प्लायन हुने सम्भावना बढेको साथै भन्सार छल्ने कार्य रोक्नमा थप योगदान पुग्ने समेत देखिएको छ ।