होटल, रेस्टुरेन्ट र बारमा अनलाइन भुक्तानी गरे १० प्रतिशत भ्याट फिर्ता
होटल, रेस्टुरेन्ट र बारमा अनलाइनबाट भुक्तानी गरे मूल्यमा तिरेको करको १० प्रतिशत उपभोक्ताले फिर्ता पाउने भएका छन् ।
आन्तरिक राजस्व विभागले विभिन्न तीन प्रकारका सेवामा तिरेको करको १० प्रतिशत उपभोक्तालाई नगद प्रोत्साहन स्वरूप फिर्ता दिने निर्णय २१ भदौमा गरेको हो ।
विभागका अनुसार मूल्य अभिवृद्धि कर ऐन २०५२ को दफा २५ को उपदफा १ मा यसबारे व्यवस्था गरिएको छ ।
‘कुनै उपभोक्ताले विभागले सूचना प्रकाशित गरी निर्धारण गरेको वस्तु तथा सेवा खरिद गर्दा त्यस्तो खरिदको मूल्य प्रचचित कानुन बमोजिम विद्युतीय माध्यमबाट भुक्तानी गरे निजलाई नगद प्रोत्साहन स्वरूप भुक्तानी गरेको करको १० प्रतिशत रकम विभागले तोकेको प्रक्रिया पूरा गरी निजको बैंक खातामा फिर्ता गरिने छ,’ जसमा उल्लेख छ ।
प्रकाशित मिति: सोमबार, भदौ २४, २०८१ १८:३७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय