Birgunj News24
नारायणी अस्पतालमा  जनशक्ति थप गरिने  : मेसु डा.हक

 नारायणी अस्पतालमा उपचारका लागि आउने बिरामीहरूको सङ्ख्या दैनिक औसतमा ३ सयभन्दा बढी रहेको छ, जसका कारण अस्पतालमा जनशक्ति व्यवस्थापनमा समस्या उत्पन्न भएको छ ।

अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट मेसु डा. एनामुल हकले जनाएअनुसार, बिरामीहरूको चाप बढ्दै गएकाले अस्पतालमा चिकित्सक र स्वास्थ्यकर्मीहरूको अभाव भएको छ ।

डा। हकले बताए अनुसार, आकस्मिक कक्षमा अहिले तीन सिफ्टमा चिकित्सक र स्वास्थ्यकर्मीहरू खटिएका छन् । बिहानको सिफ्टमा दुई जना चिकित्सक, दिउँसो र रातको सिफ्टमा एकरएक जना चिकित्सक खटाइन्छन् । यस्तै, प्रत्येक सिफ्टमा दुई(दुई जना परामेडिकल कर्मचारी पनि खटिएका छन् । तर यो जनशक्ति बिरामीहरूको सङ्ख्याको तुलनामा पर्याप्त नभएको मेसु हकले स्वीकार गरे ।

“बढ्दो बिरामीहरूको चापलाई सम्बोधन गर्न जनशक्ति थप गर्न आवश्यक छ । यसका लागि हामीले प्रक्रिया अगाडि बढाइसकेका छौँ,” डा। हकले भने । उनले थप जनशक्ति भर्नाका लागि प्रदेश सरकारसँग आवश्यक समन्वय भइरहेको र निकट भविष्यमा यो समस्याको समाधान हुने विश्वास व्यक्त गरे ।

नारायणी अस्पतालमा हालै निर्मित तीन तल्ले आकस्मिक भवनबारे पनि डा। हकले स्पष्ट पारे । उनका अनुसार, नयाँ भवन बिरामीहरूको सुविधाका लागि उपयुक्त नभएकाले हालसम्म प्रयोगमा ल्याउन सकिएको छैन । “नयाँ भवनको डिजाइन र अवस्थिति यस्तो छ कि दुई भागमा रहेका भवनहरू बिचमा बिरामी सार्न कठिनाइ उत्पन्न हुन्छ । यसले आकस्मिक सेवामा प्रभाव पार्ने सम्भावना भएकोले यसलाई सर्किजल वार्डका रूपमा सञ्चालन गर्ने तयारी भइरहेको छ,” डा. हकले बताए ।

यो समस्या समाधान गर्न अस्पताल व्यवस्थापनले भविष्यमा अस्पतालको भौतिक पूर्वाधार र जनशक्ति सुधारमा ध्यान दिने योजना बनाएको छ । बिरामीहरूको सुविधालाई ध्यानमा राख्दै, नयाँ आकस्मिक सेवाहरूलाई पनि सुधार गरिने बताइएको छ ।

नारायणी अस्पताल वीरगञ्जको मुख्य अस्पताल भएकाले यसमा बिरामीहरूको चाप अत्यधिक छ । त्यसमाथि, सीमावर्ती क्षेत्रका बिरामीहरूको पनि यही अस्पतालमा निर्भरता रहेको छ, जसले गर्दा बिरामीको सङ्ख्या लगातार बढिरहेको छ ।

स्थानीय जनताले पनि अस्पतालको व्यवस्थापनमा सुधारको माग गर्दै आवाज उठाउँदै आएका छन् । बिरामीहरूको चापलाई ध्यानमा राख्दै अस्पतालले जनशक्ति र सेवामा सुधार ल्याउन प्रभावकारी कदम चाल्नुपर्ने माग उठिरहेको छ ।

प्रकाशित मिति: सोमबार, भदौ २४, २०८१  १८:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update