भन्सार छलीका करिब ४ करोड बराबरको सामानसहित ट्रकपर्सा प्रहरीको नियन्त्रणमा
जिल्ला प्रहरी कार्यालय पर्साले करिब ४ करोड बराबरको भन्सार छलीका सामानसहित ट्रक नियन्त्रणमा लिएको छ । वीरगञ्जका विभिन्न् स्थानबाट प्रहरीले ३ करोड ९३ लाख ८८ हजार ६३१ रुपैयाँ बराबरको सामान बरामद गरेको हो ।
वीरगञ्जबाट काठमाण्डौतर्फ जाँदै गरेको अवस्थामा वीरगञ्ज महानगरपालिका वडा नम्बर २५ बाट लु १ ख ७५३२ र ना ३ ख ५४९ नम्बरको मालबाहक ट्रक नियन्त्रणमा लिइएको पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक भारतीले जानकारी दिए । उनकाअनुसार ट्रकबाट कम्प्युटर माउस, ह्विस्की लगायतका विलविजक भन्दा बढीको सामान बरामद गरिएको हो ।
दुवै ट्रकलाई सामानसहित आवश्यक कारवाहीका लागि राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको प्रहरी नायब उपरीक्षक भारतीले बताए ।
प्रकाशित मिति: बुधबार, भदौ २६, २०८१ १५:५५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय