Birgunj News24
तेरापन्थ युवक परिषद द्वारा सिमरामा आयोजित बृहत रक्तदान कार्यक्रममा ३ महिला सहित १३० जनाले गरे रक्तदान ।

लालबाबु सिंह २६ भाद्र वीरगन्ज । तेरापन्थ युवक परिषद वीरगन्जले  सिमरामा आयोजना गरेको बृहत रक्तदान कार्यक्रममा ३ महिला सहित १३० जनाले रक्तदान गरेका छन । सिमराको हुलास स्टिल  सिमरामा बुधबार भएको रक्तदान कार्यक्रममा रक्तदान गर्नेहरुमा सरिता न्योपाने,बिमला श्रेष्ठ ,सिमा गुरुङ ,अखिल कुमार सिंह ,नवीन कुमार पाण्डे,चित्र बहादुर भट्टराई ,अमिर अन्सारी,टिकाराम गिरि,भरत श्रेष्ठ ,उज्ज्वल प्रताप सिंह ,मन्जुर आलम,नारायण बस्नेत ,बिक्रम दास,नृपेश कुमार सिंह ,सन्दीप दास थारु,हेम बिक,दिपेन्द्र जोशी,महेन्द्र ओलि,निर्मल राइ लगायत रक्तदाताहरुले आआफ्नो अमुल्य रगत दान गरि मानवता बलियो बनाएको 
वीरगन्ज रक्तसञ्चार केन्द्रका प्राविधिक जितेन्द्र कुश्वाहाले बताउनु भयो ।
  तेरापन्थ युवक परिषद वीरगन्ज द्वारा गत भदौ २५ गते देखि असोज ४ गते सम्म लगातार ११ दिन वीरगन्ज आसपासका विभिन्न स्थानहरु जसमा विभिन्न कारखाना ,अस्पताल ,क्लिनिक ,संघ संस्थाहरुमा बृहत रक्तदान कार्यक्रम आयोजना गर्ने योजना पच्छिल्लो शनिवार वीरगन्जको जैन धर्मशालामा प्रेस सम्मेलन को आयोजना गरि सार्वजनिक गरेको थियो जसमा लगभग १५०० पिन्ट रगत संकलन गर्ने लक्ष्य लिइएको बताइएको थियो , त्यही कार्ययोजना अनुसार आज दोश्रो दिन हुलास स्टिल सिमरा परिसरमा रक्तदान कार्यक्रमको आयोजना गरिएको र हिजो मंगलबार दुगड ग्रुप जितपुरमा रक्तदान कार्यक्रम आयोजना गरिएको जसमा ४ महिला सहित १०७ जनाले रक्तदान गरेका थिए यो क्रम असोज ४ गते सम्म रक्तदान कार्यक्रम नियमित रुपमा दैनिक आयोजना गरिने आशिष् जैनले बताउनु भयो ।
 सो शिविरमा तेरापंथ युवक परिषदका अध्यक्ष लोकेश जम्मड, उपाध्यक्ष पीयूष जम्मड, कार्यक्रम संयोजक धीरज बोरड़, सह संयोजक नरेश भंसाली,पन्कज बैद,पन्कज बोथरा एवं हुलास स्टिलका दिनदयाल जि,सुनिल मोनित,अखिल कुमार सिंह लगायत समुहको सहभागिता रहेको थियो भने नेपाल रेडक्रस सोसाइटी रेशमकोठी उपशाखाका युवा सन्योजक अभिलाष गुप्ताको उपस्थिति रहेको थियो ।
 सो रक्तदान कार्यक्रममा रक्तसञ्चार केन्द्र वीरगन्जका प्राविधिक जितेन्द्र कुश्वाहाको नेतृत्वको टोलिले रक्तदाताहरुलाइ रक्तदान गर्न सघाएका थिए ।

प्रकाशित मिति: बुधबार, भदौ २६, २०८१  १८:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update