Birgunj News24
बरिष्ठ पत्रकार पाण्डेको निधन, पर्सााले पत्रकारिताका अभिभावक गुमायो

बीरगंजका बरिष्ठ पत्रकार सुदर्शनराज पाण्डेको स्वर्गारोहण भएको छ । काठमाण्डौको महाराजगंज स्थित शिक्षण अस्पतालको सघन उपचारकक्षमा भेन्टिलेटरमा राखेर उपचार भइरहेको अवस्थामा उनको बिहिवार अपरान्ह स्वर्गारोहण भएको नेपाल पत्रकार महासघ मधेश प्रदेशका महासचिव श्याम बन्जाराले जानकारी दिए । पत्रकार पाण्डेलाई मस्तिष्कघात भएको थियो ।
भदौ १४ गते पत्रकार पाण्डेलाई स्वास्थ्य अवस्था गम्भीर भएपछि वीरगंजबाट काठमाडौं उपचारको लागि लगिएको थियो । उनलाई १४ गते असहज भएपछि बीरगंजको नारायणी अस्पतालमा भर्ना गरिएको थियो ।
नारायणी अस्पतालमा भर्ना गरिएका पत्रकार पाण्डेको अवस्था सामान्य नै थियो । काठमाण्डौ लैजादा सम्म कुरा गरिरहनु भएको त्यतीबेला छोरा सुरज पाण्डेले बताएका थिए ।मधुमेह र रक्तचापबाट पीडित पत्रकार पाण्डेको शरीरको केही अंग चल्न नसकेको, अचेत अवस्थामा रहेको र भेन्टिलेटरमा उनको उपचार भइरहेको थियो । पत्रकार पाण्डेका एक छोरा र एक छोरी छिन ।

उनका कान्छा छोरा सिजन पाण्डे जनयु्द्धमा राज्यपक्षबाट मारिएका थिए ।उनी जनयुद्धमा शहीद भएका थिए । 

जिल्ला प्रशासन कार्यालय पर्सामा जागीरे जीवनमा रहेका पाण्डेले जागीर त्यागेर पत्रकारिता गरेका थिए । उनी नेपालकै स्थापित पत्रकारहरुको श्रेणी पर्छन ।

देशभरिका पत्रकारले उनलाई श्रद्धा र आदरभावले सम्मान गर्थे । पत्रकारिताको माध्यमले निमुखा श्रमजीवीको पक्षमा आवाज उठाउदै आएका पत्रकार पाण्डेले चीर बिश्राम लिएका छन ।

उनको आजै पशुपति आर्यघाटमा बैद्धिक बिधि अनुसार अन्त्येष्टि गरिने भएको छ । पछिल्लो समय पत्रकार पाण्डे बाराको डुमरबाना बस्दै आएका थिए ।

सुर्दशन राज पाण्डेको निधनले पर्सेली पत्रकारिताले एउटा असल अभिभावक गुमाएको नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव दीपेन्द्र चौहानले बताए

प्रकाशित मिति: बिहीबार, भदौ २७, २०८१  १८:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update