असोज ३ देखि अस्थायी रुपमा धरहरा खुला गरिने
असोज ३ देखि अस्थायी रुपमा धरहरा खुला गरिने
भूकम्पपछि पुनर्निर्माण गरिएको धरहरा आगामी असोज ३ गतेदेखि सर्वसाधारणका लागि खुला गरिने भएको छ ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले असोज ३ देखि अस्थायी रुपमा धरहरा खुला गर्ने निर्णय गरेको हो । २०७२ वैशाख १२ को शक्तिशाली भूकम्पले ढलाएको धरहरा आधुनिक, सुविधायुक्त र बलियो बनाइएको छ ।
अबको धरहरा अपांगता भएकाहरूले पनि चढ्न र हेर्न सजिलो छ । बाहिरीस्वरूप पुरानो धरहराजस्तै देखिने बनाइएको भए पनि भित्री संरचना भने फरक छ । यसमा प्राचीन धरहराको गजुरबाहेक अरू कुनै सामग्री प्रयोग भएको छैन ।
यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो अघिल्लो कार्यकालमै २०७८ बैशाख ११ गते धरहराको उद्घाटन गरे पनि निर्माण कार्य सम्पन्न नहुँदा अहिलेसम्म सर्वसाधारणका लागि खोलिएको थिएन ।
प्रकाशित मिति: शुक्रबार, भदौ २८, २०८१ २१:०६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय