Birgunj News24
बालदिवसको अवसरमा सामुदायिक सेवा केन्द्र मुर्ली ११ द्वारा आवार संसारका बालबालिकाहरु संग केक काटेर शुभकामना अदानप्रदान गरियो ।।।

बालदिवसको अवसरमा सामुदायिक सेवा केन्द्र मुर्ली ११ द्वारा आवार संसारका बालबालिकाहरु संग केक काटेर शुभकामना अदानप्रदान गरियो ।।।
बालबालिकामा लगानी सुनिश्चिचत भबिस्यको थालनीभन्ने मुल नाराका साथ ६० अौ राष्ट्रिय बाल दिवसको अवसरमा सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र मुर्ली श्रीपुर ११ को आयोजनामा आज आवर संसारमा रहेका बालबालिकाहरु संग केक काटेर शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।श्याम चौधरीको सभापतित्वमा सम्पन्न सो शुभकामना आदानप्रदान कार्यक्रममा महिला बालबालिका तथा जेष्ठ नागरिक कार्यालय पर्साका प्रहरी सहायक निरिक्षक नन्दकला टमाटको प्रमुख आतिथ्यमा सम्पन्न सो कार्यक्रममा उहाँले अहिले बालबालिकाहरुलाई जसरी खेल्ने पढ्ने तथा अन्य स्वतन्त्रता पाउनुपर्ने हो त्यो अधिकार बाट बन्चित भएकोमा यसमा सबैको सहयोग र समन्वयको आवश्यकता रहेको बताएकी छिन् । उनलेे भने अहिले आवर संसारकै कारण  सडक देखि बेवारिसे तथा आमाबाबु नभएका बालबालिकाहरुले शिक्षा दीक्षा पाइरहेको बताए । कार्यक्रममा सामुदायिक सेवा केन्द्रका वरिष्ठ उपाध्यक्ष जयालाल साह,सचिव दिलिप प्रधान ,हवल्दार सुभाष  यादव ,प्रहरी सहायक हवल्दार अजित सिंह ,अजित भुजेल ,मधु सिंह राजपुत लगायतले आ,आफ्नो धारणा राख्नु भएको थियो ।कार्यक्रममा आउट रिर्च अफिसर बाल हेल्फ आवर संसारका अनवरजीत कुमार साहले बालबालिकाहरुको रेखदेख तथा हेरचाह तथा शिक्षा बारे प्रकाश पार्नु भएको थियो ।

प्रकाशित मिति: शनिबार, भदौ २९, २०८१  १८:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update