नेशनल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २० अौ वार्षिक साधारणसभा आज रोयल पार्टी प्यालेसमा सम्पन्न भएको छ।नेशनल सहकारी संस्था लिमिटेडका अध्यक्ष रामान्द साहको सभापतित्व तथा लेखा परिक्षणका बितिय विशेषज्ञ एवम् समाजसेवी राजेन्द्र साहको प्रमुख आतिथ्यमा सम्पन्न सो वार्षिक साधारणसभाको उदघाटन गर्ने क्रममा उहाँले भने सहकारी संस्थाहरु मध्ये यो सहकारी पनि धेरै राम्रो रहेको बताए ।बचतकर्ताहरुले जहिले पनि होसियार भएर बचत गर्न साहले आग्रह गर्नुभएको छ। यस सहकारी संस्थाको गतिविधि देखि हरेक क्षेत्रमा सकारात्मक रहेको धारणा राख्नु भएको थियो । जनभन्डाफोर दैनिकका कार्यकारी सम्पादक जगत राई ,समाजसेवी एवम् राजनीतिकर्मी बाबुराम कौशिक ,मजिद मियाँ अन्सारी ,महम्मदकदम रसुल,संचालक समितिका सदस्यहरु पदम आर्चाय,अनिता उप्रेती ,लेखा संयोजक रोशनी शर्मा लगायतले आ,आफ्नो शुभकामना तथा बधाई दिनुभएको थियो। कार्यक्रममा नेशनल बचत तथा ऋण सहकारी संस्था लिमिटेडका ब्यवस्थापक राम सेवक शर्माले भने आफ्नो सहकारी संस्था सहकारी सिद्धान्तका आधारमा अहिले सबै बचतकर्ताहरुको बचत सुरक्षित तरिकाले लगानी गरेको बताए । उनलेे भने हामीले सानोतिनो रकमलाई संकलन गरि आवश्यक परेको बेला बचतकर्ताहरुको बचत समयमा फर्काउने गरेको बताएका छन् । आफ्नो सहकारीले जस्तो सुकै कमजोर अवस्थामा पनि स्थिर भएर बचतकर्ताहरुको रकम सुरक्षित राख्ने काम गदै आइरहेको धारणा राख्नु भएको थियो । सडकमा पानगुटका देखि तरकारी बेच्ने विपन्न वर्गको रकम सहकारीमा बचत गर्ने भएकोले सहकारी संस्थाका संचालकहरुले सुरक्षित राख्ने जिम्मेवारी रहने बताएका हुन । आफ्नो सहकारी संस्थाले जथाभावी लगानी नगरेको बताउदै आगामी दिनहरुमा पनि उतिकै जिम्मेवारीका साथ अगाडि बढने शर्माले बताएका छन् । उनलेे भने अहिले आफ्नो संस्थामा शेयरधनी पुरुष ४१७ जना महिला ३३८ जना र संघसंस्था गरि जम्मा ७५५ जना रहेको बताएका हुन ।संस्थाले संस्थागत सेवा सुविधालाई छरितो र प्रविधिहरु मार्फत गुणस्तरीय सेवा प्रवाह दिदै आइरहेको बताए । आगामी भावी योजना आफ्नो वितिय कारोबारलाई घरदैलो सेवा अभियानका रुपमा अगाडि बढाउने लक्ष्य रहेको ब्यवस्थापक शर्माको भनाइ रहेको छ। कार्यक्रममा नेशनल सहकारी संस्था लिमिटेडका लेखापाल सुरेश ठाकुरले आर्थिक प्रतिवेदन प्रस्तुति गर्नुभएको थियो