Birgunj News24
तेरापन्थ युवक परिषद द्वारा विरगन्जको जैन भवनमा रक्तदान कार्यक्रम सम्पन्न, १६ महिला सहित २११  जनाले गरे रक्तदान । 

लालबाबु सिंह २९ भाद्र वीरगन्ज । तेरापंथ युवक परिषद वीरगन्जको ११ दिने वृहत् रक्तदान कार्यक्रम अन्तर्गत शनिवार जैन भवन वीरगन्जमा आयोजना भएको रक्तदान कार्यक्रममा १६ महिला सहित २११ जना ले रक्तदान गरेका छन । रक्तदान गर्नेहरुमा अन्नु कर्ण,निशा कार्की,संगीता शर्मा ,कुसुम जैन,रुचिका मोरे,सारिका अग्रवाल,प्रीया गुप्ता,स्वेता श्रीवास्तव ,पुजा दुगड,संगीता सरावगी ,रिशिका पोखरेल र उहाको बुबा रन्जित पोखरेल,सुभाष भट्टराई ,सुशील कुमार सिंह ,मुकेश अग्रवाल,आकाश पटेल,अरजेश केसि,गौतम कानु,बिक्रम तिवारी,गोपाल अग्रवाल,राकेश महर्जन लगायतले आआफ्नो अमुल्य रगतको दान गरि मानवता बलियो बनाएको यस कार्यक्रम का सह संयोजक नरेश भंसाली ले बताउनु भयो ।
 सो अवसरमा प्रमुख अतिथी वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले वीरगन्ज दाता दानिहरुको शहर रहेकोले तेरापन्थ युवक परिषदले आयोजना गरेको जिवनदान जस्तो महादान कार्यमा  रक्तदाताहरुको बाक्लो सहभागिता देखेर आफू खुशी भएको र तेरापन्थले विगतका वर्षहरुमा यस्तो सामाजिक कार्य गर्दै देश जनता समाजको सेवा सहयोग गरेकोमा सम्पुर्ण परिवार प्रति हार्दिक आभार प्रकट गर्दै यस्ले ४ दिनमै ५०० जति रगत संकलन गरिसकेकोले अब १५०० पिन्ट रगतको लक्ष्य अब टाढा नरहेको बताउदै शुभकामना पनि दिनु भयो ।
  तेरापन्थ युवक परिषदका अध्यक्ष लोकेश जम्मडको अध्यक्षतामा भएको कार्यक्रममा बिशिस्ट अतिथी तेरापन्थ युवा परिषदका इन्टरनेशनल सचिव अमित नाहटा , नेपाल प्रभारी जितेन्द्र नौलखा,अतिथिहरुमा नेपाल भारत सहयोग मञ्चका अध्यक्ष अशोक बैद ,नेपाल रेडक्रस सोसाइटी पर्साका सभापती विरेन्द्र राज कडेल,उपसभापती मधु राणा,सहकोषाध्यक्ष दयाशंकर सिंह ,सामुदायिक प्रहरी छपकैयाका अध्यक्ष ग्यासुदिन ठकुराई,वीरगन्ज कपडा बैंकका अध्यक्ष लालबाबु सिंह ,सन्चार्स्कर्मिहरु  ओमप्रकाश खनाल ,राजेन्द्र सिंह राजपुत,शंकर कुमार,अजित भुजेल, कन्हैया पटेल ,परिषदका उपाध्यक्ष पीयूष जम्मड,कार्यक्रम संयोजक धिरज बोरड,सहसंयोजक सौरभ भुटोरिया,अजय पुग्लिया, अङ्कित भन्साली,राहुल झावक लगायत विभिन्न संघ संस्थाका प्रतिनिधि एवं स्थानियहरुको बाक्लो सहभागिता रहेको थियो ।
 तेरापन्थ युवक परिषद वीरगन्जले गत भदौ २५ गते देखि असोज ४ गते सम्म लगातार ११ दिने बृहत् रक्तदान कार्यक्रमको आयोजना गर्ने र सो कार्यक्रमबाट १५ सय भन्दा बढी पिन्ट रगत संकलन गर्ने लक्ष्य अनुसार आज ५ औ दिन विरगंजको जैन भवनमा रक्तदान कार्यक्रमको आयोजना गरिएको हो र यो क्रम सबैको सहयोगमा विभिन्न कलकारखाना , अस्पताल , क्लिनिक, संघसंगठन, विधालय लगायतको स्थानहरुमा असोज ४ गते सम्म निरन्तर आयोजना गरिने जसबाट रक्तसञ्चार वीरगन्ज केन्द्रमा भएको रगतको अभाव केही हद सम्म पूरा गर्ने योजना बनाएको हो ।
 रक्तसञ्चार केन्द्र वीरगन्जका प्रमुख सौरभ पाण्डे र प्राबिधिक जितेन्द्र कुश्वाहा लगायत रेडक्रस स्वयंसेवकको टिमले रक्तदाताहरु लाइ रक्तदान गर्न सघाएका थिए भने कार्यक्रममा स्वागत मन्तव्य अध्यक्ष लोकेश कुमार जम्मडले र सहजीकरण सचिव सुमित सेठियाले गरेका थिए ।

प्रकाशित मिति: शनिबार, भदौ २९, २०८१  १९:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update