Birgunj News24
प्रदेश सभा सदस्य पटेलले गरे  भाँसिएको पुलको अनुगमन 

पर्सा जिल्लाको वीरगन्ज महानगरपालिका र बहुदरमाई नगरपालिकाको वडा नम्बर ४ संगको सिमानामा रहेको क्षतिग्रस्त तिलावे पुलको आइतबार प्रदेश सभा सदस्य श्याम पटेलले स्थलगत निरीक्षण गरेका छन् ।

आइतबार नरायणी सिंचाई कार्यालयका प्रमुख मनोज पटेल र ईन्जिनियर सुरेश साहसहितको टोलीलाई लिएर गएका प्रदेश सभा सदस्य पटेलले जीर्ण भई भासिएको पुलको स्थलगत निरक्षिण गरेका हुन् ।निरीक्षणपछि पटेलले उक्त पुल पर्सा जिल्लाका उत्तरी भेगका लागि लाइफ लाइनकै रुपमा रहेकाले यसलाई छिट्टै मर्मत गरेर सञ्चालनमा ल्याउन आँफुले पहल गर्ने प्रतिबद्धता जनाए ।सडक विभाग, सिंचाई विभाग लगायतका सम्बन्धित निकायमा पुल मर्मतका लागि आँफुले पहल गर्ने उनले बताए ।

पुल भासिएर पर्सागढी नगरपालिका, सखुवा प्रसौनी, जगरनाथपु्र र पटेर्वा सुगौली गाँउपालिकाका गाँउहरुमा आवाागमन नै ठप्प भएको भन्दै प्रदेश सभा सदस्य पटेलले भने,‘आजैदेखि म यसमा लाग्छु । जसरीपनि यो पुल सञ्चालन हुनुपर्छ ।’

गण्डक नहर सडकखण्ड अन्तर्गत पर्ने उक्त पुल मर्मत सम्भारको अभावमा जीर्ण भई भासिएको छ भने पुलका पिल्लरहरु चर्किएका कारण पुल जुनसुकै बेलापनि भत्किएर नदीमा खस्ने अवस्थामा पुगेको छ ।

प्रकाशित मिति: आइतबार, भदौ ३०, २०८१  १५:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update