लालबाबु सिंह ३० भाद्र वीरगन्ज । सामुदायिक प्रहरी सेवा केन्द्र कुम्हालटोलले जिल्ला प्रहरी कार्यालयको सहयोगमा साइबर अपराध सम्बन्धी सचेतनामुलक प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । वीरगन्ज -५ मा अवस्थित मास्कोट एकेडेमीमा आइतबार आयोजित सो प्रशिक्षण कार्यक्रमका प्रमुख अतिथी जिल्ला प्रहरी कार्यालय पर्साका महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्रका प्रहरी नायब निरीक्षक स्वपनिल देवकोटाले स्कुलका कक्षा ८,९ र १० मा अध्ययनरत बिधार्थिहरु लाई वृत्तचित्र को प्रदर्सन गरि साइबर अपराध के के हुन , त्यसले गर्दा हुने समस्या ,हानि नोक्सानीहरु के कस्ता हुन्छन , त्यसको जरिवाना र सजाय हरु के कति छन र त्यसबाट कसरी जोगिन सकिन्छ भनी सामाधान हरुको बारेमा व्यापक रुपमा बताउदै प्रशिक्षण प्रदान गर्दै सम्पुर्ण बिद्यार्थीहरु लाई सचेत रहि सुरक्षित रहन आग्रह गरेका थिए ।
सो प्रशिक्षण को क्रममा बिद्यार्थीहरुले आआफ्नो प्रश्न, जिज्ञासा् हरु सोधेका थिए भने प्रमुख अतिथी देवकोटाले राम्रोगरी सम्झाएर सन्तुष्ट पारेका थिए ।
सामुदायिक प्रहरी कुम्हालटोलका उपाध्यक्ष सन्जु दहालको अध्यक्षतामा भएको सो प्रशिक्षण कार्यक्रममा मास्कोट एकेडेमीका संचालक डाइरेक्टर छेडुप लामा , सामुदायिक प्रहरि बिर्ताका अध्यक्ष मजिद मिया अन्सारी ,वीरगन्ज कपडा बैंकका अध्यक्ष लालबाबु सिंह ,सामुदायिक प्रहरी कुम्हालटोलका उपाध्यक्ष सियाराम नेपाली ,सहसचिव रामबाबु रायमाझी ,सदस्यहरु सावित्री भुमिहार,अभिलाष गुप्ता, प्रहरी हवल्दार कुमार विक ,प्रज दिलिप यादव, स्कुलका शिक्षक सरिता खडगी लगायत शिक्षकहरुको सहभागिता रहेको कार्यक्रमको सहजीकरण सामुदायिक प्रहरी कुम्हालटोलका सचिव श्रवण बहादुर रायमाझिले गरेका थिए ।