Birgunj News24
आज मोहम्मद जयन्ती, मुस्लिम धर्मावलम्बीलाई बिदा   

काठमाडौं । सरकारले मोहम्मद जयन्तीको दिन नेपाली मुस्लिम धर्मावलम्बीका लागि बिदा दिएको छ ।गृह मन्त्रालयले आइतबार एक सूचना जारी गरी मुस्लिम आयोगबाट मोहम्मद जयन्ती आजै भएको भनी जानकारी प्राप्त भएकाले आज सार्वजनिक बिदा दिइएको जनाएको छ ।

‘मिति २०८१ भदौ ३१ गते नेपाली मुस्लिम धर्मावलम्बीका लागि मात्र सार्वजनिक बिदा दिने निर्णय भएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ’, मन्त्रालयद्वारा जारी सूचनामा भनिएको छ ।

प्रकाशित मिति: सोमबार, भदौ ३१, २०८१  ११:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update