पर्साको कालिकामाई गाउँपालिकाको १० औं गाउँ सभा सम्पन्न भएको छ । गाउँपालिका अध्यक्ष बशिष्ट कुमार गुप्ताको अध्यक्षतामा भएको गाउँ सभाको बहुमत सदस्यले रु ३४ करोड ८३ लाख १७ हजार ७ सय ४० बराबरको बजेट पारित गरेका छन् ।
गाउँ कार्यपालिकाको कार्यालय हरिहरपुर विर्तामा आइतबार भएको गाउँ सभामा सुरुमा बहुमत सदस्यले हस्ताक्षर गरेको म्यानुट वडा नं। २ का वडाध्यक्ष सोनालाल चौरसियाले च्यातेका थिए । त्यसपछि पनि लेखिएको अर्को म्यानुट गाउँपालिकाकी उपाध्यक्ष राजमती बरैनीले च्यातेकी थिइन ।
त्यसपछि पनि गाउँपालिका अध्यक्ष गुप्ताले गाउँ सभाको बैठक जारी राखेपछि गाउँ सभाको विरोधमा रहेका उपाध्यक्ष सहितका केही गाउँ सभा सदस्यहरुले सभाहलबाट बाहिर निस्केका थिए । त्यसपछि बाकी रहेको गाउँ सभाको बहुमत सदस्यले आर्थिक बर्ष २०८१र०८२ को बजेट पारित गरेको गाउँपालिका अध्यक्ष गुप्ताले जानकारी दिए ।
उनका अनुसार पारित बजेटमा चालुगत तर्फ रु ६ करोड ४० लाख र पुंजिगत तथा सशर्त तर्फ रु २८ करोड ४३ लाख रहेको छ । चालुगत तर्फको बजेटमा वडा स्तरिय योजनाको लागि रु ८० लाख, उपाध्यक्ष स्तरिय योजनाको लागि रु एक करोड ४० लाख र गाउँपालिका स्तरिय योजनाको लागि रु २ करोड १० लाख छुट्याइएको छ ।