Birgunj News24
सशस्त्र प्रहरी बल नेपाल पर्साद्वारा भन्सार छलीका सामान, हुन्डीको नगद र भारतिय कार भन्सार दाखिला

सशस्त्र प्रहरी बल नेपाल पर्साले आज करीव ६ लाख बराबरको भन्सार छलीका समान सहित भारतिय कार पक्राउ गरेको छ । . 

सशस्त्र प्रहरी बल नेपाल नम्ब १३ गण पर्साबाट खटीएको प्रहरी टोलिले बिरगंज १५ स्थित प्रतिमा चोकबाट भन्सार छलि ल्याई बिभिन्न सार्वजनिक सवारी साधन तथा बसहरुमा लोड गरी लुकाई छिपाई काठमाण्डौ तर्फ लैजादै गरेको अवःथामा ११ लाख ५८ हजार बराबरको खजुर, कपडा र बिभिन्न किसिमका ईलेक्ट्रोनिक्स सामनहरु बरामद गरेको थियो . 

यसैगरी सशस्त्र प्रहरी बल नेपाल प्रास्तावीत सिमा सुरक्षा गुल्म बिरगंजबाट खटीएको टोलीले १ लाख ३०हजार बराबरको भन्सार छलीका सामान बिरगंज भन्सार कार्यालयमा बुझाएको छ ।  

भने सोहि गुल्मबाट खटीएको प्रहरी टोलीले  प्रज्ञापन पत्र एवं सुबिधा पास समेत नभएको MP 04 CK 7441 नम्बरको भारतिय सवारी साधन कारलाई बिरगंज महानगरपालिका–१६ भन्सार मेनगेट नजिक बेवारिसे अवस्थामा पार्किङ् गरी राखेको अवस्थामा नियन्त्रणमा लिई अनुमानीत मुल्य ४० लाख मुल्याङ्कन गरी आवश्यक कारवाहिको लागि बिरगंज भन्सार कार्यालयमा बुझाएको सशस्त्र प्रहरी पर्साका प्रवक्ता देवेन्द्र सिंहले बताएका छन । 


साथै सोही टालीले भन्सार मेनगेट स्थित चेकप्वाईन्टबाट भारतबाट नेपाल तर्फ आउदै गरेको ना ५४ प ९६८४ नम्बरको मोटरसाईकललाई संकास्पद रहेको भन्दै चेकजाँच गर्दा उक्त मोटरसाईकलमा सवार रहेकाले लुकाई छिपाई बिरगंज तर्फ ल्याउदै गरेको श्रोत नखुलेको नेपाली रुपैया ८ लाख फेला पारेको थियो ।

भने नगद सहित मोटरसाईकलको २ लाख म्ल्यांकन गरि ब्यक्ति सहित आवश्यक कारवाहिको लागि बिरगंज भन्सार कार्यालयमा बुझाएको प्रवक्ता सिंहले जानकारी दिए । सभार:- चोईश खबर

प्रकाशित मिति: सोमबार, भदौ ३१, २०८१  २१:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update