मोहम्मद डे अर्थात मेहमद जन्म जयन्ती लाई ईद उल मिलान नबी र १२ रबिउल अब्बल पनि भन्ने गरिन्छ।आजको दिन मुस्लिम समुदायले रैली निकाल्नुका साथै मस्जिदमा कुरान पाठ गर्ने, हजरत मोहम्मदका उपदेश स्मरण गर्ने, सामूहिक भोजन गर्ने र एकअर्कामा शुभकामना साटासाट गर्ने प्रचलन रहेको छ। हजरत मोहम्मदको जन्म इस्लामी पात्रो हिजरी संवत १४९९औं मा भएको थियो। रवि अव्वल महिनामा साउदी अरबको मक्कामा बिबि आमिनाको कोखबाट ५७० जन्म भएको थियो। उनको निधन भने आजै कै दिन मक्कामा ६३२ जून ८ मा ६३ वर्षको उमेरमा साउदीकै मदिनामा भएको थियो। साउदी अरेबियामा जन्मेका मोहम्मद इस्लाम धर्मका प्रचार संस्थापक हुन् । बिरगंज महानगर को विभिन्न ठाउँ बाट मुस्लिम समुदाय ले जुलुस निकालेका थिए। नगर परिक्रमा गरि बिरगंज स्थिति घन्टाघर समापन भएको थियो । बिरगंज महानगर पालिका का उप प्रमुख इम्तियाज आलम ले मुस्लिम समुदाय का बेक्तिहरु संग शुभकामना साटासाट गर्नु भएको थियो।
मोहम्मद दिवसको अवसरमा सरकारले आज मुस्लिम धर्माबलम्बीलाई देशैभर नेपाली मुस्लिम धर्मावलम्बीका लागि बिदा दिइएको छ भने मधेस प्रदेश सरकार ले पनि सार्वजनिक बिदा दिएको छ।
गृह मन्त्रालयले आइतबार एक सूचना जारी गरी मुस्लिम आयोगबाट मोहम्मद जयन्ती आजै भएको भनी जानकारी प्राप्त भएकाले आज सार्वजनिक बिदा दिइएको जानकारी दिएको थियो । उप प्रमुख का प्रेस सल्लाहकार महमद सदाब ले जानकारी दिनु भयो।