केजरीवाल सरकारमा शिक्षा मन्त्री रहेकी आतिशी मार्लेना दिल्लीको नयाँ मुख्यमन्त्री हुने भएकी छिन्। अरविन्द केजरिवालले मंगलबार आम आदमी पार्टी आप को विधायक दलको बैठकमा उनको नाम प्रस्ताव गरेका थिए।
आतिशीको नामको घोषणा केही बेरमा हुने जनाइएको छ। केजरीवालको पाटीको दिल्लीमा दुईतिहाइको बहुमत रहेको छ। साँझ ४ः३० बजे केजरीवालले उपराज्यपाल विनय सक्सेनालाई आफ्नो राजीनामा बुझाउँदै छन्। यसै साता नयाँ मुख्यमन्त्रीको शपथ ग्रहण हुने जनाइएको छ। २६ र २७ सेप्टेम्बरमा २ दिनको विधानसभाको सत्र बोलाइएको छ।
१३ सेप्टम्बरमा शराब नीती ९रक्सी० केसमा सुप्रिम कोर्टले केजरीवाललाई श९सर्त जमानत दिएको थियो। उनी रिहाइ भए लगत्तै १५ सेप्टेम्बरमा मुख्यमन्त्री पद छोड्ने घोषणा गरेका थिए। उनले अब जनताले आफू इमानदार रहेको या बेइमान रहेको फैसला गर्ने बताए। जनताले पुन हुने निर्वाचन जिताएपछि मात्र आफू मुख्य मन्त्री बन्ने घोषणा उनले गरेका हुन्।
केजरीवाल र मनिष सिसोदियाको सर्वाधिक नजिक रहेर काम गरेकी आतिशीले केजरीवाल र सिसोदिया जेलमा हुँदा पार्टीलाई मञ्जबुत रुपमा एकताबद्व बनाएकी थिइन्। उनले सिसोदिया जेलमा हुँदा शिक्षा सहित महत्वपूर्ण ६ मन्त्रालय समालेकी थिइन्। साथै उनी २०१३ को पाटीको घोषणा पत्र बनाउँदा टिममा रहेकी थिइन।
१९८१ मा जन्मिएकी उनले अक्सफोर्डबाट इतिहासमा मास्टर्स गरेकी छिन्। २०१३ मा आमआदमी पाटीमा संलग्न भएयता निरन्तर क्रियाशील रहँदै आएकी छिन्। उनी दिल्लीको मुख्यमन्त्री हुने तेस्रो महिला हुन्। यसअघि सुष्मा स्वराजले १९९८ मा ५२ दिन दिल्लीको मुख्य मन्त्री पद समालेकी थिइन्। शीला दीक्षित १९९८ देखी २०१३ सम्म लगातार तीन पटक मुख्य मन्त्री बनेकी थिइन्।