ईलाका प्रहरी कार्यालय जितपुर बाराले अपराध अनुसंधान तथा गैरकानुनी कारोवार नियन्त्रण गर्न सक्रियता बढाएको छ ।
ईलाका प्रहरी कार्यालय जितपुर बाराले सक्रियता बढाएसंगै ४५ किलो प्रतिबन्धित लागु औषध गांजा नियन्त्रणमा लिएको हो ।
बिहिवार बिशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय जितपुरका ईन्चार्ज प्रहरी नयाब निरिक्षक मोहन नरायण यादवको कमाण्डमा खटिएको प्रहरी टोलीले करिव रातिको ९ बजेको समयमा जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर १० स्थित नितनपुर चौक नजिकैबाट ४५ किलो प्रतिबन्धित लागु औषध गांजा नियन्त्रणमा लिएको छ ।
सुचना पाउने बितिकै म आफ्नो टोली सहित गस्तीमा निस्केका थिए, स्रोतले हेटौडाबाट दुईजना ब्यक्ति मोटरसाईकलमा सवार भई निजले बोकेको बेगमा गांजा राखेर वीरगंज सम्म जाने र त्यहा देखी भारत प्रवेश गर्ने आफु सुचना प्राप्त गरेको ईन्चार्ज यादवले बताएका थिए । उनले भने सुचना अनुसार टोली गस्तीमा थियो तर लागुऔषध बोकेर आउदैं गरेका सो अप्रचित ब्यक्तिहरुले प्रहरी डियुटीमा रहेको थाहा पाएर आफुले बोकेको बेग फाली फरार भएको बताए । उनले बेगमा ३ वटा प्यकैटमा बेरिएको अवस्थामा करिव ४५ किलो प्रतिबन्धित लागुु औषध गांजा रहेको जानकारी दिएका छन ।
जिल्ला प्रहरी कार्यालय बाराको मातहतमा पर्ने ईलाका प्रहरी कार्यालय जितपुरकाका ईन्चार्जको जिम्मेवारी पाए देखि नै आफ्नो कार्य क्षेत्र ठुलो हुँदा पनि प्रहरी नयाव निरिक्षक यादवले सो क्षेत्रमा निकै सक्रियता बढाएका छन । ईलाका प्रहरी कार्यालयको कार्य क्षेत्र अनुसार बिभिन्न किसिमको चुनौतीलाई सामना गर्दै यादवले सो ईलाकामा अपराध अनुसंधान, गैरकानुनी कारोवार र शान्ति सुरक्षा कायम राख्न अहिले अहम भुमीका खेलिरहेको स्थानीय बताउछन । ईलाका प्रहरी कार्यालयको जिम्मेवारी पाएको करिव १ महिना कै समय अवधीमा सो ठाँउका स्थानीयलाई शान्ति सुरक्षको निकै अनुभुती गराउदैं प्रहरी नयाब निरिक्षक यादवको सक्रियता बढाएको देखिन्छ ।
प्रहरीले नियन्त्रणमा लिएको लागु औषध गांजा शुक्रवार आवश्यक कारवाहीको लागी जिल्ला प्रहरी कार्यालय बारामा बुझाउने समेत उनले जानकारी दिएका छन ।