वीरगंज,असोज ४ अखिलेश प्रसाद साह
वीरगंज १६ नगवा फुलबारी टोलमा यस बर्ष पनि दशैंको अवसरमा कलश यात्रा निकालिने भएको छ । प्रमेश्वोर कुमार ओझा को अद्यक्षत्या मा असोज १७ गते का दिन श्री दुर्गा पुजा समारोहको आयोजनामा कलश यात्रा हुने भएको हो । गत बर्ष देखि शुरु दशैंमा भवानी बनाइ पुजा गर्ने परम्परालाई यस बर्षपनि निरन्तरता दिइएको समितीले जनाएको छ । असोज १७ गते बिहिबार बिहान ७ बजे फुलबारी टोल देखि घडिअर्वा पोखरी सम्म कलश यात्रा पुग्ने र पोखरीमा जल भरेर कलश पुनः भवानी राख्ने ठाँउमा आउने समितीले जनाएको छ । समितीमा बिनय जयसवाल, संदिप शर्मा, संतोष चौरसिया, सन्जय बैठा ,देवेन्द्र चौरसिया, विवेक झा, जिते प्रजापति,सोनु श्रीवास्तव, सोनु साह, आकाश ठाकुर, निरज ठाकुर,पप्पु गुप्ता, निरज पटेल, आर्यन पटेल, सन्नी पटेल, अंकुश पटेल, संदिप चौरसिया, शम्भु साह, प्रबिन श्रीवास्तव ,रन्जन ओझा लगायत सदस्य रहेको पत्रकार अखिलेश प्रसाद साहले जानकारी दिए । यस बर्षपनि भवानी भव्य तरिकाले मेला लगाउने काम जोडजोडले भईरहेको पत्रकार साहले जानकारी दिए ।