Birgunj News24
तिरुपती मन्दिरको प्रसादमा जनावरको बोसो मिसाइएको दावी

तिरुपती मन्दिरको प्रसादको पवित्रतालाई लिएर उठेको प्रश्न झनै चर्किँदै गएको छ। भारतको आन्ध्र प्रदेशमा अवस्थित विश्वकै धनी मानिने तिरुपती बालाजीको प्रसादका रुपमा बनाइने लड्डुमा जनावर र सुँगुरको बोसो र माछाको तेल मिसाइने गरेको भन्दै त्यहाँको तेलुगु देशम पार्टी ९टीडीपी०ले दुई दिनभित्र दुई वटा दाबी गरेपछि अहिले विश्वभरका हिन्दु धर्मावलम्बीहरुले यो विवादलाई चासोका साथ हेरेका छन्।

चन्द्रबाबु नायडू सरकारले प्रसादमा जनावरको बोसो भएको घ्यू र माछाको तेल मिसाइएको भन्दै नयाँ आरोप लगाएको छ। टीडीपीले प्रयोगशालाको टेस्ट गरिएको भन्दै एक रिपोर्टलाई उद्धृत गर्दै यी आरोप लगाएको हो। अर्कोतर्फ, वाईएसआर कांग्रेस यो विवादलाई लिएर सर्वोच्च पुगेको छ।

पार्टीले नायडूको आरोपको छानबिन गर्न अदालतलाई समिति गठन गर्न माग गरेको छ। अदालतले सेप्टेम्बर २५ मा सुनुवाई गर्नेछ। यसअघि सेप्टेम्बर १८ मा आन्ध्र प्रदेशका मुख्यमन्त्री चन्द्रबाबु नायडूले विगत ५ वर्षमा जगन मोहन सरकार र वाईएसआरसीपी नेताहरूले तिरुमालाको पवित्रतालाई कलंकित गरेको बताएका थिए।

तीन सय वर्ष पुरानो तिरुपती मन्दिरको भान्छामा दैनिक ३ लाख ५० हजार लड्डू बनाइने गरेको छ। तिरुमाला ट्रस्टले प्रसादबाट मात्रै वार्षिक ५०० करोड भारतीय रुपैयाँ कमाउने गरेको छ।

प्रसादको जाँचका लागि मन्दिर ट्रष्टले बनायो समिति

तिरुमाला तिरुपती देवस्थानम ९टीटीडी० ले मन्दिर प्रशासनको तर्फबाट कुनै आधिकारिक बयान सार्वजनिक गरिएको छैन। यद्यपि, घ्यूको गुणस्तरलाई लिएर चार सदस्यीय विशेष समिति गठन गरिएको छ। प्रयोगशालाको रिपोर्ट भन्दै १७ जुलाईमा एक रिपोर्ट सार्वजनिक गरिएको छ। तर, आधिकारिक रूपमा यसको पुष्टि हुन सकेको छैन। प्रतिवेदनमा जारी गर्ने संस्थाको नाम उल्लेख छैन भने नमूना परीक्षण गरिएको ठाउँको नामसमेत उल्लेख गरिएको छैन।

सर्वोच्च अदालतका वकिल विनित जिन्दलले यो मामिलामा जगन मोहन रेड्डी,  ठेकेदार र टीटीडी अधिकारीहरूविरुद्ध उजुरी गरेका छन्। प्रसादमा जनावरको बोसो भएको घ्यू मिसाएर जनताको धार्मिक भावनामा खेलवाड गरिएको बताए। उनले एफआईआर दर्ता गरेर कडा कारबाही गर्नुपर्ने बताए। उता केन्द्रीय खाद्य मन्त्री प्रह्लाद जोशीले यो मामिलामा विस्तृत रिपोर्ट माग गरेका छन्।

टीडीपीले सार्वजनिक गर्‍यो ल्याब रिपोर्ट

१९ सेप्टेम्बर– टीडीपीका प्रवक्ता अनम वेंकट रमाना रेड्डीले पत्रकार सम्मेलनमा प्रयोगशाला रिपोर्ट सार्वजनिक गरे। उनले भने कि नमूना गुजरातस्थित पशुधन प्रयोगशाला ९राष्ट्रिय डेयरी विकास बोर्ड०  सिएएलएफ लिमिटेड ९सेन्टर फर एनालिसिस एण्ड लर्निंग इन लाइभस्टक एन्ड फूड० लाई जुलाई ९, २०२४ मा पठाइएको बताए।

त्यसअघि १८ सेप्टेम्बरमा आन्ध्रका मुख्यमन्त्री र टीडीपीका प्रमुख नायडूले भने कि प्रसादमा बोसो मिसाइएको छ। घ्यू खरिद गर्ने कम्पनीसँगको सम्झौतालाई कालोसूचीमा राखिएको नायडूले बताएका थिए। घटनाको अनुसन्धान सतर्कता विभागलाई सुम्पिएको छ। कम्पनीले एक वर्षअघि मात्रै आपूर्ति टेन्डर पाएको थियो।

वाईएससीआरपी सांसदले प्रसादमा मिसावटको आरोप झुटो भएको बताए। होतिरुमाला तिरुपती देवस्थानमका पूर्व प्रमुख अध्यक्ष र वाईएसआर पार्टीका सांसद वाईवी सुब्बा रेड्डीले भने, ‘तिरुपती लड्डुको पवित्रतामा सीएम नायडूको बयान धेरै अपमानजनक छ। यसले विश्वभरका हिन्दूहरूको भावनालाई चोट पुर्‍याएको छ।’ रेड्डीले भने टिटिडीले २०१९ देखि २०२४ सम्म नैवेद्य र प्रसादको तयारीमा उच्च मापदण्ड बनाएको बताए।

तिरुपतीमा पुग्छन् दैनिक ७० हजार भक्तजन, वार्षिक कमाउँछ ३ हजार करोड

तिरुपती मन्दिर विश्वको सबैभन्दा लोकप्रिय र धनी धार्मिकस्थलहरूमध्ये एक हो। यहाँ हरेक दिन करिब ७० हजार भक्तजनहरूले भगवान वेंकटेश्वर ९विष्णुको अवतार० स्वामीको दर्शन गर्न आउँछन्। यसको प्रशासन तिरुपती तिरुमाला देवस्थानम द्वारा रेखदेख गरिन्छ।

यो मन्दिरले वार्षिक ३ हजार करोड भारतीय रुपैंयाँ कमाइ गर्ने गरेको बताइन्छ। मन्दिरको कुल कमाइ २।५ लाख करोड रुपैयाँ रहेको छ। यो मन्दिरमा १०।२५ टन सुन रहेको बताइन्छ। यो मन्दिरमा दानबाट मात्रै वार्षिक १५०० करोड कमाइ हुने गरेको छ।

मन्दिर परिसरमा बनेको ३ सय वर्ष पुरानो भान्सा ‘पोट्टु’ मा शुद्ध देसी घ्यू प्रयोग गरी दैनिक ३ लाख ५० हजार लड्डू बनाइने विश्वास गरिन्छ। यो मन्दिरको मुख्य प्रसाद हो, जुन लगभग २ सय ब्राह्मणद्वारा बनाइन्छ।

लड्डुमा शुद्ध चना, बून्डी, चिनी, काजू र शुद्ध घ्यू पाइन्छ। ट्रस्टले राम मन्दिरको अभिषेकका बेला करिब एक लाख लड्डू अयोध्या पठाएको थियो।

के छ ल्याब रिपोर्टमा ?

सार्वजनिक ल्याब रिपोर्टअनुसार सोयाविन, नरिवल, सनफ्लावर, कटन सिड, जैतुनको तेललगायत खाद्य चिजहरु रहँदा हिन्दु धर्मलाई प्रतिकूल मानिएको माछाको तेल, सुँगुरको बोसो, बिफ टेल ९जनावरको बोसोलाई धिमा आगोमा पकाएपछि केवल फ्याट मात्र रहन्छ जुन घ्यूजस्तो देखिन्छ० लगायत भएको बताइएको छ।

प्रकाशित मिति: शुक्रबार, असोज ४, २०८१  १९:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update