वीरगंज, असोज ४
अनुचित लेनदेन (मिटर व्याज)को आरोपमा पर्सामा एक शिक्षक पक्राउ परेका छन । बिन्दवासिनी गाँउपालिका वडा नम्बर ४ मधवलका स्थायि बासिन्दा हाल वीरगंज ११ श्रीपुरमा बसोबास गर्ने गाया प्रसाद चौरसिया पक्राउ परेका हुन । चौरसियालाई अनुचित लेनदेन गरेको आरोप पर्सा प्रहरीले असोज २ गते जिल्ला प्रहरी कार्यालय परिसरबाट पक्राउ गरेको छ । पक्राउ परेका चौरसिया उपर अभद्र व्यवहारको मुद्दामा जिल्ला अदालत पर्साले ७ दिनको म्याद थप गरेको पर्सा प्रहरीले जानकारी दिएको छ ।
पक्राउ परेका चौरसिया माथि बिन्दवासिनी गाँउपालिका वडा नम्बर २ बहुअर्वाभाठा निवासी आत्मा प्रसाद चौरसिया,वीरगंज १५ भेडियाहीका राधेश्याम सर्राफ र बिन्दवासनी गाँउपालिका वडा नम्बर २ गर्दौलका बिन्दा देवी कुर्मी लगायत दर्जन भन्दा बढि मिटर व्याज पिडितले उजुरी दिएको मिटर व्याज किसान मजदुर आन्दोलनका वीरगंज महानगर अध्यक्ष शम्भु यादवले जानकारी दिनुभयो ।
चौरसियाले २०७४ मा आत्मा प्रसाद चौरसियालाई १६ कठा १० धुर जग्गा पास गरि २० लाख दिएका थिए । जसमध्ये व्याज वापत रु ८ लाख लिईसकेको र जग्गा पनि अरुलाई बेचेको पिडितको आरोप छ ।यसैगरी राधेश्याम सर्राफलाई चौरसियाले २०५६ सालमा १० कठा १५ धुर जग्गा पास गरि २ लाख दिएका थिए । जसमध्ये सर्राफले व्याज बापत रु ४ लाख दिइसकेको र नेपाली काँग्रेसका नेता (कानुन मन्त्री) अजय चौरसियाको घरमा पञ्चायती बसी ४लाख ४७ हजारमा टुगों लगाउदा समेत चौरसियाले पञ्चायतीको निर्णय बिपरीत गएर काम गरेको र जग्गा पनि फिर्ता नगरेको सर्राफले आरोप लगाए । यसैगरी बिन्दा देवीले पनि ५ कठा जग्गा पास गरि ५० हजार ऋण लिएको र हाल सम्म पनि जग्गा फिर्ता नगर्दा उनले पनि चौरसिया उपर मिटर व्याजको मुद्दा दर्ता गराइएकि छिन । पक्राउ परेका चौरसिया वीरगंज १५ भिस्वामा रहेको सामुदायिक बिद्यालयको प्रधानाध्यापकको रुपपमा कार्यरत रहेका छन ।