Birgunj News24
उपमेयर ठाकुरले गरिन  सकड ढलानको शिलान्यास

पोखरिया नगरपालिका वडा नम्बर ९ सेमरवारी वर्वामा सडक ढलान कार्य शुरु भएको छ । नगरपालिकाको उपप्रमुख रुबी ठाकुरले  सडक ढलानको शिलान्यास गर्नुभयो । १० लाखको लागतमा निर्माण भईरहेको सो सडक निर्माणले स्थायिनलाई राहत मिल्ने उपमेयर ठाकुरले बताईन । सडक ढलान नहुदाँ बर्षायाममा सो क्षेत्रका स्थानियलाई समस्या हुने गरेको थियो । सो अवसरमा वडा अध्यक्ष नौसाद आलम, सुपरभाइजर राजेश ठाकुर, ओभरसियर लालबाबु कुशवाहा,दिपक ठाकुर, वडा सदस्य लगायत स्थानियहरुको उपस्थिती थियो । ।

प्रकाशित मिति: शनिबार, असोज ५, २०८१  १३:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update