असोज ५ वीरगन्ज । देशको आर्थिकनगरी को रुपमा चर्चित दानवीर वीरगन्जमा थप एक स्थानमा निशुल्क भोजन शुभारम्भ भएको छ ।कुम्हालटोल टोल सुधार समिती वीरगन्ज -७ द्वारा वीरगन्ज रेल्वेरोडमा अवस्थित पन्चमुखी हनुमान मन्दिर अगाडि सामुदायिक प्रहरी कुम्हालटोलको कार्यालय छेउमा शनिवार देखि निशुल्क भोजन शुभारम्भ गरिएको हो । आज को निशुल्क भोजन शिविरमा आयोजक सेवकहरु द्वारा रिक्सा ,ढेला , इरिक्सा चालक, गरिब असहाय दलित निमुखाहरुका साथै रिक्स ,ठेला, इरिक्सा चालकहरु ,बाटोमा आउनेजाने बटुवाहरुलाइ बोलाइ बोलाइ निशुल्क भोजन गराएका थिए ।
सो निशुल्क भोजन शिविर कुम्हालटोल टोल सुधार समितीका अध्यक्ष नन्दलाल राउत अहिरको अध्यक्षतामा उपाध्यक्ष अशोक गुप्ता,सचिव हेमन्त शाक्य,कोषाध्यक्ष बैधनाथ साह,सहसचिव रितेश गुप्ता, सामुदायिक प्रहरी कुम्हालटोलका सचिव श्रवणबहादुर रायमाझी , वीरगन्ज कपडा बैंकका अध्यक्ष लालबाबु सिंह ,सल्लाहकार सदस्यहरु समाजसेवीहरु सुरेन्द्र मिश्रा, मनोज मिश्र ,बिजय अग्रवाल,मुन्ना सोनि,रामबाबु रायमाझी,अमित बस्नेत,गोबिन्द ताम्रकार,अभिलाश गुप्ता लगायत स्थानिय अग्रज ,महिला ,युवाहरुको बाक्लो सहभागिता रहेको थियो।
सो निशुल्क भोजन कार्यक्रम प्रत्येक महिनाको १ पटक पहिलो शनिबार आयोजना गरि शुभारम्भ गरिएको र सबैले सहयोग गर्न इच्छुक भए प्रत्येक शनिबार मात्र नभयेर प्रत्येक दिन आयोजना गरि दिन दुखी असहायको सेवा सहयोग गर्न आफुहरु तत्पर रहेको समितिका अध्यक्ष अहिरले बताउदै सम्पुर्णलाई सेवामा सहयोग गर्न आग्रह पनि गरेका थिए ।
आजको पहिलो सेवामा २६ किलो चामलको भात ,दाल ,आलु परवलको तरकारी र भुटेको हरियो खुर्सानी खुवाइ रहेको र आवश्यक परे अरु पकाउन हामी तैयारि अवस्थामै रहेका छौ भनी सहसचिव रितेश गुप्ताले बताएका थिए । यो निहुल्क भोजन शिविर गरि वीरगन्ज भरी करिब ६ वटा स्थानमा विभिन्न संस्था समितिहरुले निशुल्क भोजन सेवा प्रवाह गरिरहेका छन ।