Birgunj News24
भारतद्धारा बंगलादेश २८० रनले पराजित 

चेन्नई– चेन्नईमा जारी पहिलो टेस्टमा भारतले बंगलादेशलाई विशाल अन्तरले पराजित गरेको छ । यो खेलमा भारत २८० रनले विजयी भएको हो ।

खेलको चौथो दिन ५१५ रनको लक्ष्य विशाल लक्ष्य पछ्याउन मैदानमा प्रवेश गरेको बंगलादेश २३४ रनमै अलआउट भएपछि एक दिन र तीन शत्रको खेल बाँकी छँदै भारत विजयी भएको हो ।

खेलको चौथो दिनको बिहानी शत्रमा भारतको स्टार स्पिनर रविचन्द्रन आश्विनले सर्वाधिक छ विकेट लिएपछि बंगलादेश पराजित हुन पुगेको हो । भारतका लागि दोस्रो इनिङमा रविन्द्र जडेजाले तीन विकेट लिए भने तिब्र गतिका बलर जसप्रीत बुमराहले एक विकेट लिए ।

भारत र बंगलादेशबीचको दुई खेलको टेस्ट श्रृंखलाको पहिलो खेलमा भारत विजयी भएको हो । चेन्नईको चेपाक स्टेडियममा यो खेल खेलिएको हो ।

प्रकाशित मिति: आइतबार, असोज ६, २०८१  १५:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update