पर्सा प्रहरीद्धारा करिवडेढ करोडको सामान बोकेको ट्रक नियन्त्रणमा
एक करोड ४२ लाखभन्दा बढीको सामान लोड रहेको मालबाहक ट्रकलाई पर्सा प्रहरीले नियन्त्रणमा लिएको छ।
वीरगञ्ज महानगरपालिका–१९ बाट ना ५ ख १६७ नम्बरको मालबाहक ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएको हो। वीरगञ्जबाट काठामाडौँ जाँदै गरेको उक्त ट्रकमा बिलबिजकभन्दा बढी सामानहरु लोड रहेको आशंकामा प्रहरीले नियन्त्रणमा लिएको हो।
ट्रकमा एक करोड ४२ लाख एक हजार ७९२ रुपैयाँको हार्डवेयरलगायतका मालबस्तुहरु लोड रहेको र आवश्यक कारबाहीको लागि राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाइएको पर्साका प्रहरी प्रवक्ता डिएसपी दिपक भारतीले जानकारी दिए।
प्रकाशित मिति: आइतबार, असोज ६, २०८१ २२:११
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय