Birgunj News24
वीरगञ्जसहित मधेस प्रदेसमा गर्मी ह्वात्तै बढ्यो 

वीरगञ्ज : वीरगञ्जसहित मधेश प्रदेसमा गर्मी ह्वात्तै बढेको छ । असोज महिनामा पनि गर्मी बढ्दा सर्वसाधारणको दैनिक कामकाज प्रभावित हुँदै गएको छ । एक साता दिनयता वीरगञ्जको तापक्रम उकालो लाग्दै गएको छ। वीरगञ्जमा सोमबार देशभरिको सबैभन्दा बढी गर्मी महसुस हुन्थालेको छ । पर्सासहित मदेशका बिभिन्न क्षेत्रमा एक सातादेखि निरन्तर टन्टलापुर घाम लाग्दा जनजीवन प्रभावित बनेको छ । एक सातादेखि वीरगञ्जको अधिकतम तापक्रम मध्याह्नपख ३५ देखि ३८ डिग्री सेल्सियसको हाराहारीमा हुन्छ ।
बिहान सबेरैदेखि साँझसम्म नै एकनाशले टन्टलापुर घाम लाग्दा अत्यधिक गर्मी भई जनजीवन प्रभावित बनेको छ । चर्को घाम र अत्यधिक गर्मीका कारण मानिसलाई मध्याह्नको समयमा घर बाहिर निस्कनै मुस्किल पर्ने गरेको स्थानीयले बताएका छन् ।दिनमा मुख्य बजारका सडक सुनसान हुने गरेको छ । सरकारी कार्यालयमा सेवाग्राहीको सङ्ख्या घटेको छ । गर्मीका कारण विद्यालय, उद्योग व्यवसाय सबै प्रभावित भएका छन् । 
असोज महिना लाग्दा पनि दिनप्रतिदिन गर्मी बढ्दै गएपछि हिँड्डुल गर्न समस्या भएको छ। सबैभन्दा बढी मजदुर समस्यामा परेका छन्।

प्रकाशित मिति: सोमबार, असोज ७, २०८१  १७:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update