बीरगंज महानगरपालिका वडा नम्बर ११ मा रहेको जीवन ज्योति माध्यमिक बिधालयमा अध्यानरत युकेजीका विद्यार्थीहरु द्वारा फन्नी ड्रेस कमपिडिसन प्रतियोगिता आज आफ्नै बिधालयमा सम्पन्न भएको छ।जीवन ज्योति माध्यमिक बिधालयका संचालक एवम् प्रिन्सिपल शिवजी गुप्ताको अध्यक्षता तथा उधमी महिला यशोध गजुरेलको प्रमुख आतिथ्यमा सो प्रतियोगिता सम्पन्न भएको हो । प्रतियोगितामा युकेजीमा अध्यानरत करिब ६० जना भन्दा धेरै छात्र छात्राहरूले भाग लिएका थिए। प्रमुख अतिथि गजुरेलले यस्ता प्रतियोगिता आयोजना गर्नले विद्यार्थीहरुमा लुकाएर बसेको प्रतिभा बाहिर आउने बताएकी थिइन् ।उनलेे भनीन यस्ता कार्यक्रमले शिक्षा संगै अतिरिक्त क्रियाकलापमा समेत विद्यार्थीहरुको बौद्धिक विकास हुने र आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर पाउने बताएकी छिन् । कार्यक्रममा निर्णयक मण्डलहरु शसोध गजुरेल ,अनिता बसौंला रहनु भएको थियो ।कार्यक्रमको समापन समारोहमा प्रिन्सिपल शिवजी गुप्ताले बिधालयका शिक्षिकाहरुले अहिले विद्यार्थीहरुको क्षमता विकास संगै अन्य क्रियाकलापमा समेत ध्यानकेन्द्रित भएर लागेकोमा धन्यवाद दिदै आगामी दिनहरुमा समेत शिक्षा संगै अतिरिक्त क्रियाकलापमा यस बिधालयले विद्यार्थीहरुको बौद्धिक विकासमा सहयोग पुग्ने काम गर्ने प्रतिबद्धता जनाउनु भएको थियो ।कार्यक्रममा जनभन्डाफोर दैनिकका कार्यकारी सम्पादक जगत राई,शिक्षिकाहरु मन्जु कुशवाहा,ज्योति साह,रोसिका प्रधान लगायतको उपस्थित रहेको थियो ।प्रतियोगितामा प्रथम प्रिति रौनियार दोस्रो स्वयता गुप्ता ,तेस्रो आरोप पटेल भएका थिए। भने कार्यक्रमको सहजिकरण कक्षा ९ का अतुती गिरि र कक्षा ७ का सिद्धि कर्णले गरेकी थिइन् ।