वीरगञ्ज बर्तमान सरकारको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले बिकास निर्माणको पक्षमा सबै एक भएर अघि बढ्नुपर्ने धारणा राख्नभएको छ । आज पर्सा गढी नगरपालिकाले उहाँको सम्मानमा आयोजना गरेको स्वागत समारोहमा मन्त्री गप्ताले उक्त कुरा बताउनु भएको हो । उहाँले पुर्बाधार बिकास र ग्रामिण क्षेत्रमा बसोबास गर्ने आधारभुत तहका जनताको जीवन स्तर माथि उकास्नको लागि स्थानीय सरकारले काम गर्नुपनेै धारणा राख्नुभएको थियो ।
मन्त्री गुप्ताले शिक्षा, र स्वास्थ तथा खानेपानी, सडक पुर्बाधार, महिला र बालबालिका तथा कृषी क्षेत्रको समुचित बिकास बिना समग्र मुलुकको बिकास हुन नसक्ने हुनाले त्यसमा सबैको ध्यान जान आवश्यक भएको कुरा समेत उहाँले बताउनु भयो । कार्यक्रममा उहाँले समृद्ध नेपाल र सुखि नेपाली बर्तमान सरकारको राष्ट्रिय आकाँक्षा भएको हुनाले त्यसलाई परिपूर्ति गर्न बिकास निर्माणको योजना परिलक्षित हुनुपर्ने धारणा राख्नुहुँदै उहाँले यसकै जगमा मिशन ८४ सफल हुने समेत उहाँले बताउनु भायो ।
पर्सागढी नगरपालिकाको प्रमुख गोकर्ण पाठकको सभापतित्वमा भएको कार्यक्रममा मन्त्री गुप्तालाई राष्ट्रिय टोपी र खादा माला लगाएको सम्मान समेत गरिएको थियो कार्यक्रममा उपप्रमुख पूजा चौधरी, मन्त्री गुप्ताको स्वकीय सचिब शिव पटेल, पर्सागढी नपाका कार्याकारी अधिकृत, वढा अध्यक्ष र स्थानीय जनताको उल्लेख्य सहभागिता रहेको थियो ।