जनमत पार्टीका केन्द्रीय अध्यक्ष सिके राउतले पार्टीको राजनीतिमा प्रशिक्षाणको महत्व एकदम बढि रहेको बताएका छन ।
पर्सा जिल्ला कमिटीले आयोजना गरेको प्रशिक्षण कार्यक्रममा कार्यकर्तालाई सम्बोधन गर्दै राउतले यस्तो बताएका हुन । उनले पार्टीमा लागेको छ पार्टीकै नाम थाहा छैन, पार्टीमा लागेको पार्टीको अभियान उद्धेश्यका बारेमा भन्न सक्दैन यो प्रवृतिलाई अन्त्य गर्न र कार्यकर्तालाई पार्टीको पंक्ति दृढता पूर्वक उभ्याउन प्रशिक्षण आवयश्क रहेको उनको भनाई छ ।
ठुला दुई पार्टी मिलेर सरकार बनाउने कुरा संसारमा देखिदैन तर नेपालमा के आवश्यकता आयो की कांग्रेस र कम्युनिष्ट पार्टी मिलेका छन भन्ने प्रश्न गर्दै उनले भने यो अहिले मुलुकमा बिषम परिस्थितिको निर्माण उनीहरुको मिलनले उत्पन्न भएको हो । उनले अहिले संबिधान संशोधनको कुरा उठेको छ तर बन्दुकको शक्तिका आधारमा जारी गरिएको संबिधानमा संशोधनमा आफ्ना मुद्धा पनि समावेश गर्नु पर्ने बताए ।
उनले भने प्रन्तीय सरकारलाईए अधिकार बिहिन बनाइएको चर्चा गर्दै उनले भने प्रदेशलाई अधिकार दिन माँग गरे । प्रदेशलाई प्रहरी प्रशासन संचालन र परिचालनको अधिकार सहितको स्वायतता सहितको अधिकार दिनु पर्ने बताए ।
एक मधेश दुई प्रदेश कायम हुनु पर्ने बताउदै उनले संबिधान सशोधनमा यो माँगलाई समबोधन गर्न माँग गरे । उनले मधेशमा ५४ प्रतिशत जनसंख्या रहेको चर्चा गर्दै निर्वाचन क्षेत्र पनि जनसंख्याको आधारमा गर्नु पर्ने बताए ।
उनले भाषा र जनसंख्याको आधारमा निर्वाचन क्षेत्रको पूर्ननिर्धारण आफ्नो पार्टीको माँग रहेको बताए । उनले समानुपातिक समावेशीतालाई सुनिश्चित गर्न माँग गरे ।
सिंहदरवारमा खटपट हुने बित्तिकै प्रदेशमा सरकार संकटमा पर्ने अहिलेको ब्यवस्थाको चर्चा गर्दै अध्यक्ष राउतले देशको प्रधानमंत्री र प्रदेशका मुख्यमंत्रीको प्रत्यक्ष निर्वाचन हुनु पर्ने बताए । उनले सम्बैधानिक निकायका प्रमुखहरुको निर्वाचन पनि प्रत्यक्ष रुपमा हुनु पर्ने बताए ।
पार्टीका जिल्ला अध्यक्ष ओम प्रकाश सर्राफको अध्यक्षतामा भएको कार्यक्रममा पार्टीका नेताहरु संगठन बिभाग प्रमुख जयकान्त राउत कुर्मी, मुकेश द्विवेदी,सीपु तिवारी, शशीकपुर मिया रम्भा मिश्र लगायतका नेताहरुको सहभागिता रहेको थियो ।