Birgunj News24
चाडपर्वलाई लक्षित गर्दे वीरगञ्ज नाकाबाट २ महिनामै भित्रियो २५ करोड बढीको विदेशी मदिरा

दशैँ, तिहारजस्ता चाडपर्वका कारण आयात बढेपछि वीरगञ्ज सुख्खा बन्दरगाहा भन्सारले चालु आर्थिक बर्षमा असोज र भाद्र महिनामा सर्वाधिक बढी राजस्व संकलन गरेको छ । चाडपर्वलाई लक्षित गर्दै केही महिनायता तेस्रो मुलुकमा उत्पादित मदिरा आयातमा वृद्धि भएको छ । 

चालु आर्थिक वर्षको पहिलो २ महिना अर्थात् साउन र भदौ महिनामा मात्रै यो नाका हुँदै २५ करोड १३ लाख रुपैयाँ बराबरको ७८ हजार ३ सय ३७ लिटर मदिरा आयात भएको छ । जसबाट ३२ करोड ३९ लाख रुपैयाँ राजश्व संकलन भएको  सुख्खा बन्दरगाहा भन्सारले जनाएको छ  । गत आर्थिक वर्षको यसै अवधिमा यो नाका हुँदै १३ करोड ३१ लाख रुपैयाँ बराबरको ५२ हजार ७ सय ८९ लिटर तयारी मदिरा आयात भएको थियो । जसबाट १८ करोड ७१ लाख रुपैयाँ राजश्व संकलन भएको थियो ।

तुलनात्मक रुपमा गत आर्थिक वर्षकोे दुई महिनाको अवधिको भन्दा चालु आर्थिक वर्षको त्यही अवधिमा ११ करोड ८२ लाख रुपैया बढी मुल्यको मदिरा र ईनर्जी ड्रिङ्क्स वीरगञ्ज नाका हुँदै नेपाल भित्रिएको छ ।तेस्रो मुलुकबाट आउने समानहरु मध्ये केहि समान स्वदेमै उत्पादन हुन थालेकोले आयातमा कमि पनि आएको छ । कम्पनीले प्रायः ब्ल्याक लेबल र रेड लेबल ब्राण्डको मदिरा भित्र्याउने गरेको छ ।

नेपालमा चीन, भारत, इटाली, थाइल्यान्ड , जपान र युएसबाट आयात हुने गरेको छ । प्रायः ब्ल्याक लेबल र रेड लेबल ब्राण्डको मदिरा भित्र्याउने गरेको छ ।सोही अवधिमा सुख्खा बन्दरगाहा नाकाबाट अमेरिका, जापान, यूरोप लगायतका मुलुकहरुमा धागो , बियर र चुरोट लगाऐतको समाग्रिहरु निर्यात गर्दै आएकोे छ । सरकारले व्यापारघाटा कम गर्न स्वदेशी उत्पादन बढाउने उदेश लिएको छ ।

प्रकाशित मिति: बिहीबार, असोज १०, २०८१  १६:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update