Birgunj News24
असोजमा अबिरल बर्षा,वीरगंज डुवानमा

असोज महिनामा लगातार दुई दिन देखि  परेको बर्षाले देशभरिको जनजिवन कष्टकर बनेको छ । अबिरल बर्षाले वीरगंज सहित देश भरिको जनजिवन कष्टकर बनेको हो ।बिहिबारविहानदेखि  वीरगंज, सहित देशभरका क्षेत्रमा वर्षा भइरहेको मौसम विद्हरुले बताएकाछन् ।मौसम पूर्वानुमान महाशाखाका अनुसार, पानी पर्ने क्रम आईतबार सम्म चलिरहेने छ । अबिरल बर्षाले वीरगञ्ज महानगरपालिका पनि जलमग्न भएको छ ।वीरगंजको आर्दशनगर, श्रीपुरको नयाँबस्ती, पानीटंकी लगायतको क्षेत्रहरु डुवानमा पर्नुको साथै दर्जन भन्दा बढि पसल तथा घरहरुमा पानी पसेको छ । पानीको निकाशीको उचित प्रबन्ध नहुदा बर्षाको पानी नाला भएर बग्न नसकी बढी भएर सर्वसाधरणको घर तथा पसलमा पसेको श्रीपुर नयाँ बस्तीका मुकेश ठाकुरले बताए ।   वर्षाका कारण वीरगञ्जकै आदर्श नगर श्रीपुर, जिल्ला प्रशासन कार्यालय, गोश्वारा रोड, पानीट्याङ्की, भिस्वा , प्रगतिनगर लगायतका स्थानमा पानी जमेको छ।  वर्षाको पानीको उपयुक्त निकासको प्रबन्ध हुन नसक्दा वीरगञ्ज वर्षेनी डुबानमा पर्ने गरेको छ ।असोज महिनामा यतिका पानी पर्नु जलवायु परिर्वतनमा ठुलै असर परेको जानकारहरु बताउँछन ।

प्रकाशित मिति: शुक्रबार, असोज ११, २०८१  १३:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update