Birgunj News24
अविरल बर्षाका कारण बहुअरीको नौतन टोलमा स्थानीयको घरमा पानी पस्यो, स्थानीय सरकार मौन

असोज १२ , बारा बाराको परवानीपुर गाउँपालिका वडा नं ५ बहुअरी स्थित (नौतन) टोलका स्थानीयहरू पीडित भएका छन । विगत ३ दिन देखि परिरहेको अविरल वर्षाका कारण यहाँका स्थानियहरुको घर घरमा पानी पस्न थालेको छ । 

पानीको निकास नभएको कारण निरन्तर पानी पर्दा स्थानियहरुको घरमा पनि पानी पस्न थालेको छ । यहाँ भएको नाला र सडकको सरसफाई नहुँदा नालामा पानी जमेर स्थानियहरुको घरमा पस्न थालेको र पूरा गाउँ नै डुबानमा पर्ने अवस्था आएको स्थानीयहरूले दुःखेसो पोखेका छन्। 

मौसम पूर्व अनुमानको अनुसार भोली आईतबारसम्म पानी पर्ने देखिन्छ । यही अवस्थामा पानी पार्दै गयो भने यहाँ स्थानियहरुको घरमा पानी पस्ने र पछि धनजनको पनि क्षति हुने अवस्था देखिन्छ । 

यहाँका स्थानीयहरु वडा अध्यक्ष रामेश्वर साह कलवारलाई पानीको निकास गरिदिन पटक पटक आग्रह गर्दा पनि अहिलेसम्म कुनै किसिमको मदत सहयोग न गरेको र गाउँपालिका बाट पनि कुनै किसिमको सहयोग प्राप्त नभएको उनीहरूको गुनासो छ । 

स्थानहरूको हरेक दुःख सुखमा साथ दिने स्थानीय सरकार नै मुख दर्शक बन्दा यहाँका स्थानीयहरु आफै मिलेर नाला र खेतको पानी निकास गर्नमा जुटेका छन । उनीहरूले पानीको बढी जोखिम भएको ठाउँमा मिलेर निकास गर्नमा जुटेका छन । यसरी समयमा पानीको निकास भएन भने पूरा टोल्नै डुबानमा पर्ने देखिन्छ ।

प्रकाशित मिति: शनिबार, असोज १२, २०८१  १४:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update