बाढीपहिरोबाट मृत्यु हुनेको संख्या १२९ पुग्यो
झरीपछिको बाढीपहिरोका कारण मृत्यु हुनेको संख्या १२९ पुगेको छ । प्रहरी प्रधान कार्यालयका अनुसार अविरल वर्षाका कारण बाढी, पहिरो र डुबानमा परेर ८६ जना घाइते र ६२ जना अझै बेपत्ता छन् ।
अविरल वर्षामा परेका ३ हजार २६६ जनाभन्दा बढीको उद्धार भइसकेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार अविरल वर्षाका कारण विभिन्न स्थानमा बाढी तथा पहिरोले गर्दा सडक अवरुद्ध रहेको र प्रहरी परिचालन गरेर बाटो खुलाउने प्रयास भइरहेको छ ।
प्रहरीले लामो यात्रामा निस्कनुअघि नजिक वा सम्बन्धित जिल्ला प्रहरी कार्यालय तथा नेपाल प्रहरीको कन्ट्रोल नम्बर १०० र ट्राफिक प्रहरीको कन्ट्रोल नम्बर १०३ मा सम्पर्क गरेर मात्रै निस्कन अनुरोध गरेको छ ।
प्रकाशित मिति: आइतबार, असोज १३, २०८१ १६:२५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय