लालबाबु सिंह १३ असोज वीरगन्ज । नेपाल मेडासिटी व्योधा हस्पिटल वीरगन्जले विश्व मुटु दिवसमा जनचेतनामूलक कार्यक्रमहरुको आयोजना सम्पन्न गरेको छ । वीरगन्जको मुटु गहवामाइ मन्दिर प्राङ्गणमा व्योधा हस्पिटलका चिकित्सककर्मी,स्वास्थ्यकर्मी र कर्मचारीहरुले आइतबार साझ नाचगान गरि स्वस्थ्य मुटु सम्बन्धि जनचेतना फैलाएको हो । यसअघि आजै व्योधा हस्पिटल र जिल्ला प्रहरी कार्यालय पर्सामा यस्तै नाचगान गरि स्वस्थ्य मुटु बारे कार्यक्रम सम्पन्न गरि सकेको र यसपछी अहिले केहिबेरमा भाटभटेनि कम्पलेक्समा कार्यक्रमको आयोजना गरेर जनचेतना फैलाएको व्योधा हस्पिटलका कन्सल्टेन्ट फिजिसियन डा. मनबोध साहले बताउनु भयो ।
सो अवसरमा डा. साहले " कार्यको लागि मुटुको प्रयोग " को मुल नारा सहित प्रत्येक वर्ष झै हामिले विश्व मुटु दिवसमा जनचेतना फैलाएर मनाइरहेका छौ । सकारात्मक कार्यको लागि मुटुको निकै महत्व भएको हामी सबैलाइ थाहा भएकै कुरो हो तरपनी अव्यवस्थित जिवनशैली ,रहनसहन एवं अनियमित अस्वस्थकर खानपानले गर्दा मुटु रोग विश्वमा दिनप्रतिदिन बढदै गइरहेको छ । वर्तमान समयमा मुटु रोगले वर्षेनि करिब २०.५ मिलियन मानिसहरु असमय कालको मुखमा पुग्ने गर्दछन जस्ले गर्दा पनि मुटु रोगलाइ ठूलो हत्यारा रोग पनि भनिने गरिन्छ । यसले हर्ट अट्याक, स्ट्रोक, प्यारालाइसिस,हर्ट सम्बन्धि समस्याहरु ल्याउने गर्दछ । मुटुमा ससाना समस्या देखा पर्दा हामी डाक्टर संग देखाउनु को सट्टा औषधि पसलबाट औषधि सेवन गर्ने गर्छौ त्यो निकै डरलाग्दो र चिन्ताजनक कुरो हो किनभने यस्ले गर्दा खतरापूर्ण स्तिथिमा पुग्ने हुदा दक्ष डाक्टर संग चेकजाँच गराइ औषधि सेवन गर्दा यो रोग बाट धेरै हद सम्म बच्न सकिन्छ ।
उहाले मुटु रोग सम्बन्धि लक्ष्णहरुमा मुटु दुख्ने,सास फेर्न गार्हो हुने,थकान लाग्ने,मुटुको धड्कन कम धेरै हुने ,ज्वरो लाग्ने,हातका जोर्निहरु दुख्ने लगायत हुने भएकोले सतर्कता अपनाउन आग्रह गर्दै मुटु रोग सम्बन्धि रोग बाट बच्न अव्यवस्थि जिवनशैली लाई परिवर्तन गर्नु , स्वस्थ्यकर खानपान गर्ने,हफ्तामा नियमितरुपले ५ दिन शारिरिक व्ययाम गर्ने,प्रत्येक दिन ३० मिनेट बिहान मर्निङ वाक गर्ने,९० मिनेट साइक्लिङ वा पौडी खेल्ने,हफ्तामा २ पटक मान्सपेशी बलियो हुने व्यायाम गर्ने,बसेर काम गर्ने बानी बदलिने,तनावलाइ कम गर्ने लगायत मुख्य कुरोमा फोकस गर्दा मुटु रोग बाट बाचन सकिन्छ भने मुटुरोगिहरुले दक्ष डाक्टर संग आवश्यक चेकजाँच गराइ औषधि खानु पर्ने आग्रह गर्दै सरकारी ,गैरसरकारी ,निजि स्वास्थ्य शिक्षण सन्स्थाहरु मिलेर सयुन्क्त रुपमा विभिन्न जनचेतनामुलक कार्यक्रमको माध्यम बाट मुटु रोग बाट बचिने सचेतना फैलाउन हातेमालो गर्नमा जोड दिदै उपस्थित एवं सहभागी सम्पुर्णलाई स्वस्थ्य मुटु
को शुभकामना दिएका थिए ।
सो जनचेतनामूलक कार्यक्रममा व्योधा हस्पिटलका पाल्मोलोजिस्ट डा. रश्मि गिरि, न्युरो फिजिसियन डा. विधान ज्ञवालि,न्युरोलोजिस्ट डा. डम्बर बिक्रम शाह ,हस्पिटलका एमडि बिजय रिमाल,प्रशासन प्रमुख विश्वनाथ कण्ठ,मार्केटिङ सिनियर सैफ अलि हवारी,बिजनेस रिलेसनशिप सिनियर स्वेच्छा बिमली ,विष्णु पटेल,रबिना चौधरी लगायत हस्पिटलका स्वास्थ्यकर्मी ,कर्मचारीहरु र स्थानियहरु अग्रज,महिला ,युवाहरुको बाक्लो सहभागिता रहेको थियो ।