बाढी, पहिरो र डुबानका कारण मृत्यु हुनेको संख्या दुई सय पुग्यो, २६ जना बेपत्ता
शुक्रबार र शनिबारको भारी वर्षाका कारण एकैसाथ देशभरि आएको बाढी, पहिरो र डुबानका कारण मृत्यु हुनेको संख्या दुई सय पुगेको छ ।
नेपाल प्रहरीका अनुसार सोमबार अपरान्हसम्मको अवधिमा बाढी पहिरो र डुबानबाट मृत्यु हुनेको संख्या दुई सय पुगेको हो । त्यस्तै, घाइते १२७ र २६ जना बेपत्ता रहेका छन् ।
प्रहरीका अनुसार विपद्मा परेका ४ हजार दुई सय २२ जनाभन्दा बढीको उद्धार भएको छ ।अहिले देशैभरि मौसममा क्रमिक सुधार हुँदै गइरहेको छ भने बाढी र डुबानमा फसेको जनजीवन समेत सामान्य बन्दैछ ।
प्रकाशित मिति: सोमबार, असोज १४, २०८१ १८:४४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय