Birgunj News24
गढीमाई मेलाका लागि मूल समिति गठन

बाराको बरियारपुरमा रहेको विश्वप्रसीद्ध गढीमाई मन्दिरमा यसवर्ष लाग्ने पञ्चवर्षीय गढीमाई मेलाको सञ्चालन तथा व्यवस्थापनका लागि १ सय ११ सदस्यीय मूल समिति गठन गरिएको छ ।

महागढीमाई नगरपालिकाका मेयर उपेन्द्र प्रसाद यादवको अध्यक्षतामा १ सय ११ सदस्यीय मूल समिति गठन गरिएको हो ।मूल समितिको उपाध्यक्षमा मनोजकुमार गुप्ता, रामचन्द्र प्रसाद साह, रामबाबु प्रसाद यादव र कलैश महतो रहेका छन् ।

यस्तै समतिको महासचिवमा वीरेन्द्रप्रसाद यादव, नरेशप्रसाद जयसवाल, उपेन्द्रप्रसाद गुप्ता तथा सचिवमा उमरावती देवीलहेरीन, नितुकुमारी गुप्ता र कोषाध्यक्षमा वीरेन्द्रप्रसाद चौरसिया रहेका छन् ।मूल समितिको सददस्यमा बाराका १६ वटै पालिकाका प्रमुख र उपप्रमुख, जिल्लामा सकृय सबै राजनीतिक दलका एक एक जना प्रतिनिधीहरु रहेका छन् ।

प्रकाशित मिति: मंगलबार, असोज १५, २०८१  १३:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update