सरकारद्वारा राष्ट्रिय शोक मनाउने घोषणा ३ दिन झण्डा आधा झुकाईने
सरकारले राष्ट्रिय शोक घोषणा गरेको छ । असोज ११ र १२ गते परेको अविरल वर्षाका कारण भएको जनधनको अपूरणीय क्षतिप्रति सरकारले राष्ट्रिय शोक घोषणा गरेको हो ।
सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले शोक घोषणा गर्दै तीन दिनसम्म राष्ट्रिय झन्डा आधा झुकाउने निर्णय गरेको हो ।
धनजनको क्षतिप्रति सरकारले दुःख प्रकट गर्दै राष्ट्रिय शोक घोषणा गरेको प्रवक्ता ऋषिराम तिवारीले जानकारी दिए ।
आजसम्म बाढी–पहिरो र डुबानमा परेर दुई सय १७ को मृत्यु भएको छ भने २८ जना बेपत्ता भएका छन् ।
प्रकाशित मिति: मंगलबार, असोज १५, २०८१ १३:५४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय