बारा प्रहरीले ब्राउनसुगरसहित दुइ जनालाई पक्राउ गरेको छ ।
बुधवार विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय जितपुरका ईन्र्चाज प्रहरी नयाँब निरिक्षक मोहननरायण राय र लागु औषध नियन्त्रण ब्युरो शाखा कार्यालय विरगञ्ज पर्साका प्रहरी सहायक निरिक्षक गोपाल खडंकाको संयुक्त प्रहरी टोलीले सो ब्राउसुगरसहित दुइ जनालाई पक्राउ गरेको हो ।
देशै भरी प्रहरीले चलाई रहेको चाँडपर्व लक्षित विशेष जाँच अभियान अन्तर्गत वीरगञ्जबाट जितपुर तर्फ जाँदैगरेको ना २२ प ९९९४ नम्बरको मोटरसाईकलाई चेकजाँच गर्ने क्रममा सो मोटरसाईकलमा सवार वीरगञ्ज महानगरपालिका वडा नम्बर २१ निवासी १८ बर्षिय साविर अंसारी र पछाडी सवार रहेका सोही वाडाका ५८ बर्षिय बिरेन्द्र प्रसाद साहको खल्तीबाट एक पुरिया अर्थात १० ग्राम ब्राउन सुगर प्रहरीले बरामद गरेको थियो ।
जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर ७ स्थित बैदेही पेट्रोल पम्प अगाडीबाट प्रहरीले ब्राउनसुगर सहित नियन्त्रणमा लिईएको दुवै जनालाई थप अनुसंधानको लागी ईलाका प्रहरी कार्यालय सिमरा पठाईएको प्रहरी नायब निरिक्षक रायले जानकारी दिएका हुन ।
देशै भरी प्रहरीले चलाई रहेको चाँडपर्व लक्षित विशेष जाँच अभियान संगै हामीले स्थानी बासिन्दाहरुको सहयोगले छुटै सुरक्षा अभियान संचालन गरेको नयाँब निरिक्षक रायले बताएका छन । उनले देशको यस्ता बिजोग समयमा पनि आफुहरु सुरक्षा संयन्त्र बलियो बनाएर स्थानीयलाई सुरक्षीत रहेको अनुभुती गराउने उदेश्य लिएर अगाडी बढेको जानकारी दिए । उनले चाड पर्वको समयमा जानतालाई सुरक्षा संगै चोरी पैठारी तथा गैरकानुनी कारोवार नियन्त्रण गर्न कुनै कसर बाकी नराख्ने बताएका छन । उनले आफुहरु २४औ घण्टा जनताको सेव गर्ने मुल मन्त्र सहित डियुटीमा खटिरहेको बताउदै यो क्षेत्रको अमन चैन कायम गर्नको लागी अगामी दिनमा पनि स्थानीयहरुको पनि साथ सहयोग आवश्यक रहेको हुनाले साथ सहयोगको अपेक्षासंगै एक जुट भएर अगाडी बढन आग्रह समेत गरेका छन । साभार :- चोईस खबर